सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाङ देउखुरी कै पक्ष मा महरा : यस्तो बक्तब्य आयो

काठमाडौं । प्रदेश सभाबाट ५ नं. प्रदेशको स्थायी राजधानी दाङदेउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित हुनेबित्तिकै पूर्वसभामुख कृष्णबहादुर महराले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

मंगलबार बधाई तथा शुभकामना सन्देश जारी गर्दै दाङका जनप्रतिनिधिसमेत रहेका पूर्वसभामुख महराले प्रदेशको नाम र स्थायी राजधानी प्रदेशको सदनबाट पारित हुनुले संघीयता कार्यान्वयनको कार्यमा थप एक ईंट्टा थपिएको बताएका हुन्।

शान्तिका दूत गौतम बुद्धको जन्मस्थल र उनको पहिचान झल्किने लुम्बिनीलाई प्रदेशको नाम बनाएकोमा पनि खुसी व्यक्त गरेका छन्। प्रदेश सभाले दुवै प्रस्ताव पारित गरेको आजको दिनलाई ऐतिहासिक भन्दै महराले प्रदेश सरकार, प्रदेश सभा तथा राजनीतिक दलहरु, शीर्ष नेता तथा अन्य नेताहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन्।

वक्तव्यको पूर्णपाठ

बधाई तथा शुभकामना
प्रदेश सभाबाट प्रदेश नं. ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएको छ । यस खुसीको अवसरमा लुम्बिनी प्रदेशबासी समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।


प्रदेशको स्थायी राजधानी र प्रदेशको नामकरणका लागि प्रस्ताव गर्ने प्रदेश सरकार तथा आवश्यक छलफल, मतदान गरी निर्णय पारित गर्ने प्रदेश सभा र प्रदेशको स्थायी राजधानी र नामका लागि आवश्इक पहलकदमी लिने सम्पूर्ण राजनीतिक पार्टीहरु, शीर्ष नेता एवं अन्य नेतागण सबैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।
संघीयताको मर्म भनेकै आम नागरिकलाई राज्यको सेवा सुविधा र स्रोत साधन सहज रुपमा वितरण गर्नु हो । प्रदेश ५ को स्थायी राजधानी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र बीच भागमा पर्ने दाङदेउखुरीमा राख्नुपर्दछ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं । देशलाई ७ प्रदेशमा विभाजन गरी प्रदेशका अस्थायी राजधानी तोक्दा नै हामीले प्रदेश ५ को राजधानी दाङमा तोक्न पटक पटक आग्रह गरेका थियौं ।
प्रदेश सभाबाट प्रदेशको नाम र स्थायी राजधानी पारित भएसँगै संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको छ । प्रदेश सभाले पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्ने र स्थायी राजधानी तोकिएको स्थानमा स्थायी संरचना बनाउँदा दीर्घकालीन सोंचअनुसार निर्माण गर्नतर्फ संघ तथा प्रदेश सरकारले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।


संघीयताको मर्मअनुसार भौगोलिक हिसाबले सबैको पायक पर्ने क्षेत्र दाङदेउखुरीको राप्ती उपत्यकामा राजधानी र विश्वमै नेपालको पहिचान दिने शान्तिका अग्रदूत गौतम बुद्धको पहिचानसँग जोडिएको लुम्बिनीलाई प्रदेशको नाम तोकिएको यस ऐतिहासिक दिनको अवसरमा पुनः यहाँहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
२०७७ आश्विन २०
कृष्णबहादुर महरा

Image may contain: text

भर्खरै

सम्बन्धित खबर

Language »