सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाेषी जाेसुकै हाेस् कारबाही गरः अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौँ। सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लामा भएको पार्टी कार्यकर्ता मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न विज्ञप्ती निकालेर सरकारसँग माग गरेका छन् ।

पर्साको बन्दबासिनी गाउँपालिकामा कात्तिक ६ गते नेकपाको गाउँ कमिटी शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा घाइते भएका चौरसियाको उपचारका क्रममा मृत्यु भएको थियो ।

उक्त घटनामा संलग्नमाथि छानबिन र कारबाही प्रक्रिया अगाडि नबढेको र प्रहरी प्रशासनले किटानी जाहेरी लिन नमानेको भन्दै नेकपाका उक्त क्षेत्रका नेताहरूले विज्ञप्ति निकालेका थिए । उक्त घटना गम्भीर भएको र त्यसमा प्रहरीले उजुरीसमेत नलिएकोप्रति दाहालले आपत्ति जनाएका छन् ।

‘हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ । म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दछु,’ दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »