सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दाेस्राे नमाेबुद्ध महाेत्सवमा सेलाे गायक विशाल काल्तनकाे विशेष प्रस्तुति

काभ्रे ।स्थानीय बस्तुकाे प्रबर्द्धन तथा नमाेबुद्धलाइ पर्यटन वर्षमा चिनाउनका लागि अायाेजना गरेकाे दोस्रो नमोबुद्द महोत्सवमा गायक विशाल काल्तनकाे विशेष प्रस्तुति हुने भएकाे छ । माघ ९ गते देखि माघ १९ गतेसम्म महाेत्सव संचालन हुने छन् । याे महाेत्सवमा विभिन्न कलाकारहरूकाे अाकर्षक प्रस्तुतिहरू रहने व्यवस्थापक संगम लामाले सारा खबरलाई जानकारी दिनुभयो ।

माघ १२ गते उक्त महाेत्सवमा गायिका ज्याेति मगर पुगेकाे थियाे । त्यस दिन महाेत्सवमा दर्शकहरूकाे भीडलाइ थेक्न गाह्राे भएकाे थियाे ।

गायिका ज्याेति मगरकाे प्रस्तुतिमा दर्शकहरू माघकाे चिसाेकाे कुनै प्रवाह नगरी वान्समाेर भन्दै हुटिङ गरिरहेका थिए ।

माघ १६ गते गायक विशाल काल्तानकाे विशेष प्रस्तुति रहने अायाेजकले जानकारी दिनु भएकाे छ ।

बिहिबार महोत्सबमा उनी लगायत सरोज लामिछाने , रबिन्सन श्रेष्ठ, सरु गौतम, जादुगर सुवास महत, सरिता प्रजापति र हास्य कलाकार प्रताप हुमगाई आउने भयका छन् ।

यस्तै उनीहरु सँगै स्थानीय कलाकारहरुको विभिन्न प्रस्तुती रहने ब्यवस्थापक ममता केन्द्र नेपालका अध्यक्ष संगम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा विहानी कला केन्द्र भक्तपुरको पनि धमाकेदार प्रस्तुती रहने छ ।

यस्तै मेलामा हाल सम्म ५० हजार भन्दा बढिले अवलोकन गरि सकेको आयोजक नमोबुद्द उद्योग बाणिज्य संघले जानकारी दियको छ ।
संघका अध्यक्ष बसुनारायण श्रेष्ठ का अनुसार मेलामा विभिन्न स्टलहरु रहेका छन् । उक्त स्टलहरुमा विभिन्न घरायसी सामग्रहरुका साथै दैनिक उपभोग्य सामग्रीहरु रहेका छन् ।

यस्तै मेलामा बुधबार दुर्गेस थापाले धमाका मच्चायका थिए । उनले आफ्नो जन्म दिनका दिन नमोबुद्द ततायको थिए । उनले मेलामा विभिन्न गीत गाउँदै मेलाका सहभागी लाई मनोरञ्जन दियका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »