सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिनहुँ बढ्दै हत्या का घटना

देश मा फैलिएको कोरोना त्रास र लकडाउन को अवस्था मा हत्या तथा आत्मा हत्या को शृंखला अपत्यारिलो तरिका बाट बढी रहेको एक तथ्याङ्क ले देखाएको छ ।

आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा निजगढ नगरपालिका-१३ बस्ने ४० वर्षीय सुकुले रुम्बालाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा सुकुलेले आफ्नै श्रीमती ३९ वर्षीया निर्मला गोले रुम्बालाई कुटपिट गर्दा बेहोस भई उपचारको लागि हेटौंडा अस्पताल मकवानपुर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले सुकुलेलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »