सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिर्घरोगी र गर्भवती महिलाहरुलाई निशुल्क औषधि वितरण गर्दै वडाध्यक्ष मोक्तान

काठमाडौँ । तेमाल गाउँपालिका वडा नं ६ ठुलोपर्सेलका दिर्घरोगी र गर्भवती महिलाहरुलाई निशुल्क औषधि वितरण गरिएको छ ।

आर्थिक बर्ष २०७७र०७८ को योजना तथा हिउँदे अधिबेशनबाट संसोधित योजना जेष्ठ नागरिक स्वास्थ्य परिक्षण सम्मान तथा आमा सुरक्षा औषधी कार्यक्रमलाई कार्यन्वयन गर्दै निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष विकुलाल तामाङले सारा खबरलाई जानकारी दिको हो ।

शनिबार वडा अध्यक्ष तामाङले एक १०५ भन्दा बढि घरदैलौ अभियान गर्दै जेष्ठ नागरिक तथा दिर्घरोगीहरूलाई स्वास्थ्य परिक्षण साथै सम्मान गरी १ महिनाको लागि निशुल्क औषधी वितरण गरेका हुन् । यस्तै १५ भन्दा बढि गर्भवती महिलाहरूको लागि गर्भवती समयमा नियमित ९ महिना सम्म खाने औषधी (क्यलसियम चक्की) वितरण गरिएको अध्यक्ष तामाङले जानकारी दिए ।

गर्भवती महिलाहरुलाई १ दिने अन्तर्क्रियात्मक कार्यक्रमको पनि आयोजना गरिएको थियो । कार्यक्रममा ठूलोपर्सेलको सबै गर्भवती महिलाहरुको सहभागीता रहेको अध्यक्ष तामाङले जानकारी दिए । यस अघि वडा अध्यक्ष तामाङले कोरोना भाईरसको संक्रमणले देश लकडाउन भई जनजिवन कष्ठकर बनेको अवस्थामा पनि यो कार्यक्रम संचालन गरेका थिए । उक्त समयमा वडाका दिर्घरोगीहरु तथा जेष्ठ नागरिकलाई घर घरमा गई स्वास्थ्य परिक्षण कार्यक्रम संचालन गरि औषधि किन्न समस्या परेका नागरिकलाई १ महिनाको लागि औषधि निःशुल्क वितरण गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »