सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिर्घ रागीको नाममा कोष स्थापान गरी जन्मदिन मनायो अध्यक्ष डिभी मोक्तानले

काठमाडौँ । रोशीगाउँपालिकाको अध्यक्ष डिभी मोक्तानले आफ्नो जन्मदिनको अवसरमा केही न केही नयाँ काम गरेकै हुन्छन् ।


गत साल पनौतीमा रहेका एक बृद्व आश्रममा गएर अध्यक्ष मोक्तानले जन्मदिन मनाएका थिए भने यस पाली दिर्घ रोगीहरुका लागि उपचार कोष स्थापना गरेका छन् ।

आफ्नो ४७ औं जन्म दिनको अवसर पारी रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले गम्भीर प्रकृतिका रोगको उपचारमा लागि सहयोग गर्ने उद्देश्यले आफ्नै बाबु आमाको नामबाट ५ लाखको कोष स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

जो उपचार गराउन असमर्थ छ वा जसलाई थोरै रकमबाट उपचारमा सहज हुन सक्छ त्यस्तो ब्यक्तिलाई कोषबाट सहयोग पुर्‍याउने उदेश्यले पारिवारिक संरक्षण रहने गरी कोष स्थापना गर्ने घोषणा गरेको अध्यक्ष लामाले बताउनुभयो । पहिलो वर्ष ५ लाख रुपैयाँको कोष स्थापना हुने आमा चन्द्रकुमारी र स्व बुबा देवीसि लामाको नामबाट स्थापना गरिने कोषमा परिवारका अन्य सदस्यहरुको समेत योगदान रहने बताउनुभयो ।

व्यक्तिगत तर्फबाट गरिएको उक्त कोषको निरन्तरता तथा त्यस्ता ब्यक्तिहरुको सहयोगका लागि स्थापना गरिने कोषको संरक्षणका लागि परिवारका सदस्यहरुले समेत जिम्मेवारी वहन गरेका छन् । रोशी गाउँपालिकाले गम्भीर प्रकृतिका रोग लागेका नागरिकहरुका लागि यातायात खर्च वापत २५ हजार रकम उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले सिमित क्षेत्रका नागरिकहरुका लागि मात्रै सेवा उपलब्ध गराउन सक्ने भएकाले जिल्ला भरका नागरिकहरुका लागि सहयोग पुर्‍याउने उद्देश्यले पारिवारिक रुपमा कोषको स्थापना गरिएको अध्यक्ष लामाले बताउनुभयो ।

बुवाआमाको नामबाट ट्रष्ट गठन गर्ने र कार्यविधि समेत तयार गरी सञ्चालन गर्ने गरी पारिवारिक छलफल पछि आफूले ५ लाखको कोष तत्काल स्थापना गर्न लागेको अध्यक्ष लामाले बताउनुभयो ।

अध्यक्ष लामाले अघिल्लो वर्षहरुमा वृद्धाश्रम, बालश्रम तथा अन्य क्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि एक महिनाको तलब बराबरको रकमबाट विभिन्न प्रकारको सहयोग गर्दै आउनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »