सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिल्लीमा दंगा, ११ को मृत्यु : पत्रकारलाई गोली प्रहार

भारत, नयाँ दिल्लीको उत्तरपूर्वी क्षेत्रमा तीन दिन देखि सुरु भएको प्रदर्शन भड्किदा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने डेढ सय भन्दा बढी घाइते भएका छन् । ठुलो मात्रामा निजी र सार्वजनिक धनजनको क्षति भएको छ ।

नरेन्द्र मोदी सरकारले संशोधित नागरिकता ऐन विरुद्ध स-साना झडपका बिच आइतबार प्रदर्शन सुरु भएको थियो । हिन्दु र मुसलमान बिच सुरु भएको सम्प्रदायिक तनावले दुवै पक्ष वीच ढुङ्गा हानाहान हुँदा पसल, घर र सवारी साधनहरुको आगजनी समेत भएको छ । उग्र भिडले एम्बुलेन्स सहित पत्रकारहरुलाई समेत हमला गरेको थियो । हमलामा परि एनडिटीभी, एबीपीका पत्रकारहरु घाइते छन् भने केही पत्रकार माथि गोली प्रहार भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »