सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दिल्लीलाई आइपिएल जिताउने सन्दीपको लक्ष्य छ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जिताउने लक्ष्य रहेको बताएका छन् ।

सन्दीपले दिल्ली क्यापिटल्ससँगको कुराकानीको क्रममा ट्रफी जित्ने लक्ष्य रहेको बताएका हुन् । ‘दिल्ली मेरो मुटुमा छ । मलाई आफ्नो घर जस्तो लाग्छ ।

दिल्लीको अभ्यास र टोलीमा फर्किंदा खुसि छु । दिल्ली र नेपाली समर्थकलाई म र मेरो टिमलाई समर्थन गर्न आग्रह गर्दछु । मैले मेरो देशबाट प्रतिनिधित्व गरि रहेको छु । म तपाईं सबै प्रति आभारी छु’, सन्दीपले भने ।

‘रिकी पोन्टिङ जस्तो लेजेन्ड्बाट सिक्न पाउनु साँच्चीकै यो एक राम्रो मौका हो । उनी वास्तवमै एक उत्कृष्ट, नम्र र राम्रो मान्छे हुन् । मलाई देखेर पोन्टिङ अत्यन्त खुसी भए । उनलाई भेट्ने बितिक्कै राम्रो क्षण थियो । रमाईलो किसिमको व्यक्ति उहाँले वास्तवमै सबैको ख्याल राख्नुहुन्छ । त्यसैले अति राम्रो लाग्छ’, सन्दीपले भने ।

सन्दीप लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट आइपिएल खेलिरहेका छन् । जारी सिजनमा सन्दीपको टोली दिल्लीले आफ्नो पहिलो खेलमा किंग्स इलेभेन पञ्जाबलाई सुपर ओभरमा हराएको थियो । सन्दीप भने पञ्जाबविरुद्ध बेन्चमा बसेका थिए । दिल्लीले दोस्रो खेलमा शुक्रबार चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

सन् २०१८ मा ३२ लाख नेपाली रुपैयाँमा अनुबन्ध भएका सन्दीपले त्यसवर्ष तीन खेल मात्र खेल्ने मौका पाएका थिए । तीन खेलमा पाँच विकेट लिएका थिए । सन्दीपले सन् २०१९ मा ६ खेलमा आठ विकेट लिएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »