सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुइ राप्रपामा बीच पार्टी एकता, ३ अध्यक्ष रहने सहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ । र, एकताको घोषणा २८ गते हुनेछ ।

शनिबार राति भएको १०बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी बाहेक राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति जनताले खोजेकाले पार्टी एकता गर्ने सहमति गरेको नेताहरुले बताएका छन् ।

सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनी गरी तीन जना अध्यक्ष रहनेछ ।

पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुनेछ । अहिले राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुनेछ भने चुनाव चिन्ह टुंगो लागेको छैन । यसबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय लिने सहमति छ ।

यस्तै आगामी ढेड वर्षभित्र महाधिवेशन गर्ने, त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइनेछ ।

पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्ने राप्रपाका दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा तथा राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल समेत गठन गरिएको तीन नेताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »