सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई तिहाइको विपक्ष दलः निर्विवाद काम गर्न सफल वडाध्यक्ष विकुलाल तामाङ

काठमाडौँ । स्थानीय तहको रिपोर्टिङ गर्न थालेको करिब चार वर्ष पुरा हुन थालेको छ । पत्रकारिताको माध्यमबाट समाजलाई रुपान्तर गर्न कलम चलाउनु फलमको चिउरा चपाए सरह नै हो तर स्थानीय तहको आवाज उठान गर्न भने छाडिएको छैन । केहि कुरामा चुकेको पनि होला । समयसँगै मनन गर्दै सुधार गर्ने छु ।

वैचारिकरुपमा बामपन्थी बिचारधाराको भएता पनि नेपाली कांग्रेसका धेरै जनप्रतिनिधिहरुसँग बसेर काम गर्दाको अनौठो अनुभवहरु मसँग छ ।

म आज केन्द्रीय तहमा नेताहरुसँग उठबस गरेको कुरा गर्दिन । स्थानीय तहको नै कुरा गर्ने छु । काभ्रे जिल्लाको तेमाल गाउँपालिका, रोशिगाउँपालिका लगाएत अन्य केही गाउँपाकिामा जितेका नेपाली कांग्रेसका जनप्रतिनधिहरुसँग धेरै नजिक बसेर काम गरेको मेरो अनुभवहरु सम्झिदा आफैलाई अलि अनौठो लाग्छ ।

विशेष गरेर तेमाल गाउँपालिका वडा नं. ६ ठुलो पर्सेलको वडा अध्यक्ष विकुलाल मोक्तानसँगको अनुभव म आज यहाँहरु समक्ष सेयर गर्न चहान्छु ।

आउँदो चुनाव पनि नजिकदै छ । सायद मैले यो अनुभव बाँढ्दा नेकपालाई वडामा समस्या हुन सकिन्छ तर मैले सत्य कुरा लुकाउनु हुँदैन । मेरो पत्रकारिताको धर्मले दिदैन ।

मेरो जन्मथलो ठुलो पर्सेल नै भएता पनि उहाँसँग नजिक हुने अवसर अथवा नजिकबाट चिन्ने अवसर प्राप्त भएको थिएन । वडा अध्यक्षमा जितेपछि भने उहाँसँग नजिक हुने अवसर मिल्यो ।

अहिले स्थानीय सरकारकाे अायु तेस्रो कार्यकाल पुरा गरेर चौथो वर्षमा प्रवेश हुँदैछ । प्रत्यक्षरुपमा जनताले देख्ने कार्यहरु धेरै उपलव्धि मुलक कार्यहरु गर्न नसकिएता पनि थलानी भने गरेको छ ।

ठुलो पर्सेलका जनताले प्रत्यक्ष अनुभव गरेको विकास भनेको सडक, पानी र स्वास्थ्य नै हो । उहाँ जनप्रतिनिधि हुनु भन्दा पहिला शिक्षक भएको नाताले शिक्षामा भने उल्लेख्खनीय उपलब्धी हाँसिल गर्न सकेको छैन । पयसरतमा नै छ भन्दा फरक पर्दैन।

हुन त ठुलो पर्सेलमा तेमाल गाउँपालिकालाइ नै प्रभाव पार्न सक्ने विपक्ष दलका नेताहरु छन् । जस्तै नारायण पाँण्डे, प्रदिप कुमार लामा, सार्कीमान लामा, सुर्य बहादुर तामाङ लगाएतका नेताहरु छन् तापनि वार्षिक विकासको बजेट विनियोजनमा विपक्ष दललाई रिजाउन सफल छन् वडा अध्यक्ष विकुलाल तामाङ मोक्तान । सायद यो उहाँको एक प्रकारको कला नै हो भन्नु पर्छ ।

नेपालमा पनि लकडाउन भयो । गाउँपालिकाले पनि लकडाउन कार्यन्वयन गराउनका लागि तयार भयो । तेमाल गाउँपाकिा अध्यक्ष सलाम सिं तामाङ लकडाउनलाई कार्यन्वयन गर्ने कुरामा समय समयमा विवादमा पनि फसेका छन् । तर वडा अध्यक्ष विकुलाल तामाङ मोक्तानले विपक्ष दलका नेता तथा कार्यकर्ताहरुलाई नै प्रयोग गरी विभिन्न स्थानमा स्नीटाइजर, हात धुनका लागि वाल्टिनमा पानीको व्यवस्था, माक्र्सको वितरण गर्न सफल भयो ।

त्यत्ति मात्र होइन वडा अध्यक्ष विकुलाल मोक्तान जनताको घरदैलोमा गएर स्वास्थ्य चेकजाँच गर्ने र औषधी वितरण गर्ने कार्यमा पनि सफला ता नै देखिएको छ ।

धेरै गाउँपालिकाका वडा अध्यक्षहरु लकडाउनको समयमा विवादमा मुक्षिएका छन् वा तानीएका छन् तर वडा अध्यक्ष तामाङ र्निदक्क कसैको विरोध र अवरोध विना काम गरिरहेको छ ।

लकडाउनको समयमा नै किसानलाई दुःख दिने फौजि किरा नियन्त्रणको अभियानमा पनि सक्रियताका साथ प्रथामिकतामा राखेर काम गरे भने आमा सुरक्षा कार्यक्रम संचालन गर्नका लागि पनि लकडाउनले छेकेन ।

केन्द्र सरकार, प्रदेश सरकारमा नेकपाको सरकार छ भने तेमालमा नेपाली कांग्रेसको सरकार छ । वडा नं. छ पनि हुने नै भयो । अहलिेको परिणामलाई मुल्याङ्कन गर्ने हो भने नेकपाको दुई तिहाईको मत भएको स्थान ठुलो पर्सेलमा वडा अध्यक्ष तामाङको क्षमतालाई गर्नु नै पर्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »