सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई दिनअघि दैलेखमा आ’त्महत्या गरेका युवककाे कोरोना रिपाेर्ट ‘पोजेटिभ’

दैलेख / १२ असार

दुई दिनअघि आफ्नै घरमा आ’त्महत्या गरेका दैलेखका एक युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । आ’त्महत्या गरेका दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षीय युवाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

१४ दिनसम्म क्वारेन्टीन बसी आरडीटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएका एक युवाले मंगलबार आ’त्महत्या गरेका थिए । असार ९ गते घरमा झुन्डिएको अवस्थामा भेटिएका ती युवकको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको थियो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार उनकाे स्बाव प्रदेशिक अस्पताल पशुपक्षी राेग अन्वेषण प्रयाेगशाल, सुर्खेतमा गरिएकाे थियाे ।

एक महिनाअघि भारतबाट दैलेख आएका ती युवा पञ्चकोसी माध्यमिक विद्यालय गमौडीमा १४ दिन क्वारेन्टिनमा बसेका थिए । उनीसँगै क्वारेन्टिनमा बसेका २११ जनाको आरडिटी परीक्षण नेगेटिभ आएपछि घर पठाइएको थियो ।

मन्त्रालयले मृतक पुरुषको शव व्यवस्थापनको कार्य भइरहेको जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मृतकको संख्या ६ पुगेको छ । त्यस्तै नेपालमा भने योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »