सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई दिनदेखि बेपत्ता कान्तिपुरका सहायक सम्पादक बानियाँको शव मकवानपुरमा फेला

काठमाडौं। दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीमा रहेको माण्डो जलविद्युत् परियोजना क्षेत्रमा भेटिएको हो ।
उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको पनि प्रहरीले जनाएको छ ।

बानियाँ सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनि पछिल्लो पटक काठमाण्डौको बल्खुचोकमा देखिएका थियो । बल्खु खोलामा हाम फालेपछि बानियाँलाई प्रत्यक्षदर्शीले उद्धारको प्रयास गरे पनि त्यो सम्भव नभएको पाइएको प्रहरीले जनाएको छ ।

बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा कार्यरत थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »