सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुई दिनभित्र उद्धार नभए सीमामै आन्दोलन गर्ने सीमापारीका नेपालीहरुको चेतावनी

धनगढी। दुई दिनभित्र उद्धार नभए कैलालीको सीमापारी रहेका नेपालीहरुले सीमामै आन्दोलन गर्ने चेतावनी दिएका छन्। पलियामा रहेका झण्डै दुई सय जना नेपालीहरुले स्थानीय प्रशासनले पटक–पटक उद्धारको आश्वासन देखाएर ठगेको बताउँदै दुई दिनभित्र उद्धार नभए आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

४१ दिनदेखि क्वारेन्टाईनमा राखिएको बताउँदै कैलालीको गोदावरी नगरपालिकाको स्याउलेका रविन्द्र अधिकारीले भने, ‘अन्तिम पटकका लागि दुई दिन पर्खिन भनिएको छ। दुई दिनमा पनि उद्धार नभए हामी सीमा सम्म हिडेर भएपनि पुग्छौँ। धनगढी पुगिसकेपछि सरकार खोज्न पर्ला।’उनले भने।

दार्चुला र बैतडीका सीमाबाट उद्धार गरिएको सुनाउँदै उनले कैलाली प्रशासनको कमजोरीले आफुहरु समस्यामा परेको बताए। गोदावरी नगरपालिका वडा नम्वर ९ का जयवहादुर थापाले पनि सरकारले एउटै देशका नागरिकमाथि पनि फरक–फरक व्यवहार गरेको पनि बताएका छन् ।

‘सरकारले दार्चुला र बैतडी पारिका नेपालीको समस्या मात्रै बुझेको देखियो। हामी पनि समस्यामा छौँ भन्ने कुरा स्थानीय प्रशासन र संघीय सरकारले बुझ्न सकेको छैन्।’ थापाले भने। स्थानीय प्रशासनले भने नेपालीलाई ल्याउन गृह मन्त्रालयले अझै अनुमती नदिएको जनाएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने गृह मन्त्रालयबाट आदेश नआएकाले सीमा पारी राखिएकाहरुलाई ल्याउन नसकिएको बताएका छन् । उनले मन्त्रालयको आदेश कुरिरहेकाले आउने बित्तिकै उनीहरुलाई ल्याईने प्रतिबद्दता व्यक्त गरे ।

स्थानीय प्रशासनका अनुसार पलियामा कैलाली सहित विभिन्न जिल्लाका एक सय २४ जना रोकिएका छन्। तर पलियामा रहेका नेपालीहरुले भने अहिले दुई बढिलाई क्वारेन्टाईनमा राखिएको बताएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »