सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुर्गन्धले बसिनास्सक्नु भएपछी कोरोना संक्रमित आफैंले सफा गरे नारायणी अस्पताल

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीहरु आफैंले अस्पताल हाताभित्र सरसफाइ गरेका छन् । संक्रमितहरुले आफू बस्ने आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट शनिबार सफा गरेका हुन् ।

अस्पतालले गाइने वार्डको तीन वटा कोठालाई आइसोलेसन वार्ड बनाएर २३ जना संक्रमितलाई राखेको छ । अस्पतालमा भर्ना भएयता अहिलेसम्म एक पटक पनि आइसोलेसन वार्ड, बाथरुम र ट्वाइलेट सरसफाई नगर्दा थप संक्रमण हुने डर भएपछि आफूहरुले नै सरसफाइ गरेको एक संक्रमितले बताए ।

‘राम्रोसँग सरसफाइ गरिदिन अस्पताल प्रशासनलाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि हामी आफैंले सफा गर्यौं,’ ती संक्रमितले भने । अर्का संक्रमितले भने, ‘सर्फ र पानी हालेर तीन वटा आइसोलेसन वार्ड, गल्ली, बाथरुम र ट्वाइलेट सफा गर्यौं । सरसफाइको क्रममा कसैले झाडू लगाउने, कसैले पानी हाल्ने, कसैले पोछा लगाउने काम गर्यौं ।’

आफूहरुको यो कामले अस्पताल प्रशासनलाई दबाव पुग्ने उनको विश्वास छ । ‘वार्डमा रहेको शौचालयको फोहोर र दुर्गन्धले अरु रोगको संक्रमण बढ्ने त्रास संक्रमितहरुमा पर्न गएको छ,’ उनले भने, ‘अस्पतालको अटेरीपनाका कारण केही साथीहरुलाई झाडापखालकोसमेत समस्या देखियो । आजको हाम्रो कामले अस्पताल प्रशासनलाई दबाव सिर्जना हुन्छ कि भन्ने सोचेका छौं ।’

संक्रमण हुने डरले आइसोलेसन कक्षमा स्वास्थ्यकर्मीदेखि सरसफाइ कर्मचारी प्रवेश गर्दैनन् । संक्रमितमध्येका अर्का व्यक्तिले भने, ‘सरसफाइ त टाढाको कुरा हो । हामीमा ज्वरो आएको छ कि छैन भनेर जाँच्नसमेत चिकित्सकको टोली आउँदैन ।’

भर्खरै

सम्बन्धित खबर

Language »