सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देवकी तिमल्सिना ‘समीक्षा’ दोस्रो कृति ‘छुटेका सपनाहरु’ मुक्तक संग्रहको विमोचन

देवकी तिमल्सिना “शमिक्षा” जनयुद्ध कालिन अवस्था मा पूर्व को दोस्रो रोल्पा मानिने सिन्धुपाल्चोक को साबिक मांखा मा जन्मिएर सानै उमेर मै बर्ग संघर्ष को मैदान मा होमिएकी एक जुझारु योद्धा हुन ।

माओवादी जनयुद्ध काल देखिनै साहित्यिक क्षेत्र मा रुची राख्ने उनि को यो दोस्रो कृती हो ।पहिलो कोसेली स्वरुप योद्धाको सपना पाठक सामु ल्याएकी समिक्षा को दोस्रो कृति ‘छुटेका सपनाहरु’ मुक्तक संग्रहको विमोचन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले साहित्यले राजनीतिलाई सही बाटोमा हिडाउने बताएका छन्। कुनै समयमा बन्दुकसँग खेल्ने समीक्षा अहिले कलमसँग खेल्दै समाज परिवर्तनको लागि अगाडि बढिरहेकोमा समाजले समीक्षाबाट आशा राखेको उनको भनाई थियो । प्रकाशित मुक्तक संग्रहले सिंगो राष्ट्रको भावना बोलेको मन्त्री रावलले बताए ।

मुक्तक संग्रह छुटेका सपनाहरुमा ३०० वटा मुक्तकहरु संग्रहित रहेका छन् भने यसको प्रकाशन सुन्दर सुन्धरा स्मृति प्रतिष्ठान हुम्लाले गरेको हो ।

यसैगरि विमोचन कार्यक्रममा अध्यक्ष एवम् सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानका अध्यक्ष तथा कर्णाली योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले अधुरा सपनाहरुलाई पूरा गर्ने जिम्मेवारी अहिलेका जनप्रतिनिधिदेखि सचेत वर्गको काँधमा आएको बताए । भावनाबाट विचार आउँछ र विचारलाई व्यहारमा उतारेर साहित्यको सिर्जना हुने भएकोले त्यस्तो विचारले नै समाजलाई प्ररिवर्तनको अग्रदिशामा समेट्ने उनको भनाई थियो । 

भर्खरै

सम्बन्धित खबर

Language »