सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि एक सय बिगा

बुटवल । बुद्धको मावली देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सरकारले एक सय बिगा जमिन दिने निर्णय गरेको छ। मन्त्री परिषद्को फागुन ११ गतेको बैठकले देवदह नगरपालिका वडा नम्बर ८ स्थित बुद्धमावली सामुदायिक वन क्षेत्रको जग्गा विश्वविद्यालयलालाई दिने निर्णय गरेको हो।

लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम विस्तारका लागि जग्गा अपुग रहेको थियो। विश्वविद्यालयले पाँच वर्षदेखि देवदहमा जग्गा प्राप्तीका लागि पहल थालेको थियो। वनको जग्गा प्राप्तिका लागि अन्य स्थानमा जग्गा खरिद गरेर सोधभर्ना गर्नुपर्ने या सो वापतको रकम बुझाउनुपर्ने कानूनी प्रावधान छ। अर्थ मन्त्रालयले विश्वविद्यालयका लागि जमिन दिँदा चाहिने करिव २० करोड रकम बन मन्त्रालयलाई दिने प्रतिवद्धतापछि मन्त्रीपरिषद्ले जग्गा दिने निर्णय गरेको हो।

रुपन्देहीका जनप्रतिनिधि एवं अर्थमन्त्री विष्णु पौडेलले विशेष पहलकदमी गर्दै वनमन्त्रालयलाई अर्थ नै सोधभर्ना गर्ने निर्णय लिएपछि विश्वविद्यालयले जग्गा प्राप्ती गरेको हो। पौडेलले निर्वाचनमा आफ्नो घोषणा पत्रमै बौद्ध विश्वविद्यालयको विकासलाई प्राथमिकतामा राखेका थिए। सोही अनुरुप देवदहमा ६१ दशमलव २५ हेक्टर क्षेत्रफल रहेको जग्गामा विश्वविद्यालयले पूर्वाधार निर्माण गर्नेछ। रुपन्देहीको पूर्वाधार विकासमा ठूलो काम गरिरहेका अर्थमन्त्री पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जोड दिदै आएका छन्।

बुटवल मेडिकल कलेज, लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन कार्यालय स्थापना र पूर्वाधार निर्माणको काम शुरु भइसकेको छ। बुटवल मेडिकल कलेजको गुरुयोजना अन्तिम चरणमा पुगेको छ।

बौद्ध विश्वविद्यालयले बुटवलको नयाँगाउँमा डीन कार्यालयसहितको आंगिक क्याम्पस सुरु गर्दैछ। जसका लागि समेत स्थानीय स्तरबाट जग्गा प्राप्ति भएको छ।
विश्वविद्यालयका रजिष्ट्रार डा। तिलक आचार्यले लामो मेहनतपछि देवदहमा जग्गा प्राप्ति भएको बताए। ‘यही जग्गाका लागि म आफैँ पाँच वर्षदेखि हिंडिरहे, अर्थमन्त्री विष्णु पौडेलको विशेष पहलपछि क्याविनेटले जग्गा दिने निर्णय गरेको छु, उनले भने, ‘यो विश्वविद्यालयको मात्रै नभइ लुम्बिनी प्रदेशकै लागि ठूलो उपलब्धी हो।’

विश्वविद्यालयले अहिले तीन वटा विषयमा देवदहमै पठनपाठन सुरु गरिसकेको छ। पूर्वाधार निर्माणको काम तत्काल नै सुरु हुने रजिष्ट्रार आचार्यले बताए। ‘देवदह, तिलौराकोट, बुटवल र लुम्बिनीमा विश्वविद्यालयका आंगिक संरचना हुनेछन्ु, उनी भन्छन, ‘अब पूर्वाधारको अभाव नहुने गरी निर्माणको काम थाल्छौं।’

०६१ सालमा स्थापना भएको विश्वविद्यालय ०७१ मा मात्रै लुम्बिनीमा आएको हो। त्यसअघि विश्वविद्यालय सम्पर्क कार्यालयका रुपमा काठमाण्डौंमा मात्रै सिमित रहेको थियो। अहिले लुम्बिनीमा सुबिधा सम्पन्न पूर्वाधार निर्माण भएका छन्। केन्द्रीय कार्यालय भवन, पुस्तकालय, छात्रावास, आवास गृह, बौद्ध स्तुपासहितका संरचना लुम्बिनीमा तयार भएका छन्।

विभिन्न ८ वटा क्याम्पसलाई सम्बन्धन दिएको छ। विश्वविद्यालयले तिलौराकोट, लुम्बिनी, बुटवल र देवदहमा पठनपाठन गराइरहेको छ। अहिले विश्वविद्यालयमा करिव ३ हजार विद्यार्थी अध्ययनरत छन्।

देवदहमा प्राप्त भएको जग्गामा तपोवनसहितको पूर्वाधार निर्माण गर्ने योजना रहेको छ। त्यसको गुरुयोजना कोरियन प्रोफेसर क्वाकको टिमले बनाइरहेको छ। क्वाक लुम्बिनीको बृहत्तर गुरुयोजना बनाउने योजनाकार हुन्।

रुपन्देही क्षेत्र नम्बर १ का सांसद छविलाल विश्वकर्माले विश्वविद्यालयलाई जग्गा दिने निर्णयको स्वागत गरेका छन्। ‘यो निर्णयले समग्र देवदहकै विकासमा आमुल परिवर्तन गर्नेछु, उनले भनेका छन,‘जग्गा प्राप्तिका लागि सहयोग गर्ने जनप्रतिनिधि, स्थानीय सबैलाई धन्यवाद छ।’

देवदहमा विश्वविद्यालयले जग्गा पाएपछि स्थानीय उत्साहित छन्। सोही खुसीयालीमा दीपावली नै भएको छ। स्थानीयले देवदहको विकासमा विश्वविद्यालय आउँदा ठूलो योगदान हुने अपेक्षा गरेका छन्।

अन्नपुर्ण पाेष्टबाट साभार,

भर्खरै

सम्बन्धित खबर

Language »