सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशका विकृति, विसंगति नाश होस भन्दै माइतीघर लगायत देशका विभिन्न जिल्लामा लुतो फालियो

काठमाडौं / ०१ साउन।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालले मुलुकभित्र देखिएको विकृतिको विरोध गर्दै लुतो फ्याक्ने कार्यक्रम सम्पन्न गरेको छ ।

‘देशका विकृति, विसंगति नाश भइजाऊन्’ भन्ने उद्धेश्यले माइतीघर मण्डलामा लुतो फालिएको छ।

राजधानीको माइतीघर लगायत देशका विभिन्न जिल्लामा सो अभियानले प्रदर्शन गरेको हो ।

साउन १ गते लुतो रोग फ्याक्ने मात्र नभई देशकै रोगका रुपमा देखिएका विभिन्न विकृतीरुपी लुतो फ्याक्ने भन्दै प्रदर्शनमा त्यसको विरोधमा थाल ठटाउँदै पुजापाठ र शंखघोष गरिएको थियो ।

प्रदर्शनमा अभियानको नेतृत्व गरिरहेका अधिवक्ता स्वागत नेपाल लगायतका वक्ताहरुले नेपालको सिमाना मिचेर एमसीसीरुपी लुतो नेपाल छिर्न दिन नहुने भन्दै त्यसको चर्को विरोध गरेका थिए ।

कृषि उत्पादन बढोस्, सुशासन कायम होस्, सभ्य सुसंस्कृत समाजको विकास होस् भन्ने उद्धेश्यले उक्त कार्य गरिएको बताइएको छ।

लुतो फ्याक्ने कार्यक्रम वैदिक विधिपूर्वक पूजापाठ गरी सम्पन्न गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »