सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशको आवश्यकता र जनताको चाहना फेरि पनि वामपन्थीहरुको एकता, राजनीतिक स्थायित्व र आर्थिक समृद्धि नै हो : भविसोर पराजुली

९२ दलिय वृहत राजनीतिक मोर्चाका संयोजक र तात्कालीन प्रचण्ड नेतृत्वको ने.क.पा. (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा गत प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा नवलपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार साथै काँग्रेस महामन्त्रि विपि पुत्र संशाक कोइराला सँग झिनो मतले पराजित भई उपविजेता हुनु भएका हाल पुर्नगठित ने.क.पा.(माओवादी केन्द्र) का अध्यक्ष भबिसोर पराजुलीसँग मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गरीएको कुराकानि  को मुख्य अंश

तपाई पुनर्गठित ने..पा.(माओवादी केन्द्र) को अध्यक्ष पनि हुनुहुन्छ प्रधानमन्त्रि ओलीको अहिले कदमलाई किन के का लागि समर्थन गर्दै आउनु भएको ?

प्रधानमन्त्री ओलीको कदमलाई हामीले सुरुदेखि नै स्वागत गर्दै आएका छौं । किनकि हाम्रो पार्टी पुनर्गठन भएदेखि नै हामीले बामपन्थी एकता, राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको एजेण्डा उठाई निरन्तर सघर्ष गर्दै आएका थियौं । अहिले ओलीले यसैको निम्ति बाध्यकारी कदम चालेको भनेपछि हामी हाम्रा एजेण्डा लागु गराउन ओलीलाई समर्थन गरेका हौं यदि ओलीले त्यी एजेण्डा लागु गरेनन् भने हामीले ओलीलाई दिएको समर्थन फिर्ता हुन्छ र सघर्षमा जान्छौं ।

के तपाईहरु ओली नेतृत्व नेकपा विच पार्टी एकता हुन लागेको हो ?

यो भ्रम कसैलाई नपरोस कि पार्टी एकता गर्न र मन्त्री खानलाई हामीले प्रधानमन्त्री ओलीको कदमलाई समर्थन गरेको होइन । हामीले हाम्रो पार्टी मार्फत बामपन्थी एकता, राजनीतिक स्थायीत्व र आर्थिक सम्वृद्धिको एजेण्डा लागु गराउन समर्थन दिएका हौं र कसैले यही एजेण्डाका लागि कदम चाल्छ भने हामीले त्यसलाई समर्थन गर्नु स्वभाविक हो । यसैलाई पार्टी एकता हुन लागेको सम्झनु गलत हो ।

तपाइँहरुको ओलीसँगै एकता गर्ने सरकारमा पनि जाने चर्चा चलिरहेको नी ?

हल्ला त चल्नु गलत होइन । तर यथार्थ हो की होइन भन्ने कुरा मुख्य कुरा हो । सत्यकुरा के हो भने अहिले देशको विषम परिस्थितीमा बामधु्रविकरणको आवश्यकताको महशुस सबैले गरेकाछन् । त्यसैले पार्टी एकता र सहकार्य सवैको नीति नै बनेको छ । हामी पनि एकता र सहकार्यको लागि सबैसँग छलफल र वहस गरिरहेका छौं । किनकि  अहिलेको देशको आवश्यकता र जनताको चाहना राजनीतिक स्थायित्व र आर्थिक संवृद्धि हो ।  यसको लागि वामपन्थीहरु बिच एकता अनिवार्य आवश्यकता बन्दै गएको छ ।

के पी ओलीले मेरो एजेण्डा नै राजनीतिक स्थायित्व आर्थिक समृद्धि हो तर मलाई काम गर्न दिइएन त्यसैले देशलाई राजनीतिक स्थायित्व आर्थिक संवृद्धिका लागि बाध्य भएर यो कदम चालेको हुँ भन्नु भएको त्यसोभए ओलीलाई तपाइँहरुको समर्थन हो ?  

तपाईलाई प्रष्ट भनिसकेनी यदि उनको पछिल्लो कदम राजनीतिक स्थायीत्व र आर्थिक सम्वृद्धिको लागि हो र यसलाई कार्यान्वयनमा लैजान म बाध्य भएर यो कदम चालेका हो भनेकै हुनाले हामीले उनको कदमलाई समर्थन गरेका हौं ।

ओलीले संविधान मिच्दा पनि तपाईहरुले ओलीलाई नै समर्थन गर्न मिल्छ ?

संविधान मिचेर प्रतिगमनतिर कोही जान्छ भने त्यहाँनेर हामीले कडा प्रतिवाद गर्छौं तर अग्रगमन अथवा समाजवादका लागि कसैले संविधान मिचेर मात्र होइन च्यातेर समाजवादी व्यवस्थाका लागि अगाडी बढ्छ भने त्यसलाई समर्थन गर्नुपर्छ । किनकि हाम्रो लक्ष्य समाजवाद हो । समाजवादीहरुले अहिलेको संविधानलाई पनि यथावत् राख्ने र समाजवादको पनि कल्पना गर्ने त्यो हुनै सक्दैन । यहाँनेर प्रश्न उठन सक्छ अहिले ओलीले अग्रगमन र समाजवादका लागि संविधान मिचेका हुन् त ? यसमा हामीले प्रष्ट भनेका छौं । संसद विघटन गरेर प्रतिगमन होइन अग्रगमनतिर जानुपर्छ । त्यसको लागि हाम्रो समर्थन हुन्छ तर प्रतिगमनको दिशामा जाने हो भने हाम्रो कडा प्रतिरोध हुन्छ भनेर हामीले प्रष्ट भनेका छौं । यो नै अहिलेको हाम्रो पार्टीको स्पिड हो । किनकि यहाँनेर के देखियो भने अस्ति भर्खर सम्म एउटै घरमा बसेका रामे र स्यामेको स्वार्थ मिल्दा सम्म अग्रगमन स्वार्थ नमिल्दा प्रतिगमन यस्ताकुराको पछी हामी छैनौं । नेपाली जनता पनि यस्ता कुराको पछि लाग्नेवाला छैनन् ।  

ओलीको कदम प्रतिगमन हो भनेर माधव प्रचण्ड नेतृत्वको ने..पाले. आन्दोलन गरिरहेको उहाँहरुलाई तपाइँहरु के भन्नुहुन्छ ?

उहाँहरु ससद पुनस्थापनाका लागि सघर्ष गरिरहनु भएको छ । संसद पुनस्थापना हाम्रो एजेण्डा होइन किनकि ससद पुर्नस्थापना अहिलेको जनताको माग होइन, अहिले देशको आवश्यकता र जनताको चाहना, वामपन्थीहरुको एकता, राजनीतिक स्थायित्व र आर्थिक सम्वृद्धि हो यो अहिले ससद पुनस्थापना गर्दैमा सम्भव छैन । किनकि संसद यो भन्दा पहिला थियो तर त्यसले राजनीतिक स्थायित्व, आर्थिक सम्वृद्धि र समाजवादका लागि एउटा पनि काम गर्न सकेन । फेरि त्यही देश र जनताको पक्षमा कामगर्न नसकेको ससद पुनस्थापनाको औचित्य छैन भन्ने हाम्रो ठहर हो । वरु उहाँहरुले ससद पुनस्थापना होइन राष्ट्रिय सहमतिको सरकार, राजनीतिक स्थायीत्व र आर्थिक सम्वृद्धिका लागि संयुक्त तेस्रो आन्दोलन घोषणा गरेको भए हाम्रो समर्थन उहाँहरुलाई हुने थियो । प्रतिगमनका विरुद्ध आन्दोलन भन्नु भएको छ । उहाँहरुको मूख्य एजेण्डा ससद पुनस्थापना छ । त्यसैले उहाँहरुलाई हामी समर्थन गर्न सकेनौं ।

तपाइँहरुले पार्टीको राष्ट्रिय महाधिवेशन स्थगित गर्नु भो किन ?

तपाईलाई थाहै छ । अहिले देश जटिल परिस्थितीबाट गुज्रिएको छ । हाम्रो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको विशेषत माओवादी आन्दोलनको मूल प्रवाहका रुपमा स्थापित मात्र होइन नेपाली जनताको आशा र भरोसाको केन्द्र बनेको छ । त्यसैले हामी देशको आश्यकता र जनताको चाहना अनुसार अगाडी बढ्नुपर्छ । अहिलेको यो परिस्थितीमा महाधिवेशन भन्दा पनि देशको आवश्यकता र जनताको चाहना फेरि पनि वामपन्थीहरुको एकता, राजनीतिक स्थायित्व र आर्थिक समृद्धि भएकोले हामी महाधिवेशन स्थगित गरी देश र जनता सामु आईपरेको संकटलाई निकास दिन एकजुट भएर लाग्नु पर्ने भएकोले अहिले महाधिवेशनलाई स्थगित गरेका हौं ।  

अन्त्यमा हाम्रो मिडिया मार्फत के भन्न चाहनुहुन्छ ?

देश अहिले जटिल अवस्थामा गुज्रिरहेको छ । यो परिस्थितीमा भिडन्ततिर होइन, समयमित भई छलफल वहसको माध्यम द्धारा राष्ट्रिय एकता कायम गरी  देशलाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धि दिशामा अगाडी बढाउन सबै राजनीतिक दल, नागरिक समाज लगायत सबैमा म पुनर्गठित ने.क.पा.(माओवादी केन्द) को अध्यक्षका हैसियतबाट हार्दिक अपिल गर्दछु ।
 

भर्खरै

सम्बन्धित खबर

Language »