सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशभरमा थप १ हजार २७२ संक्रमण पुष्टि

काठमाडाैँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह दिएको जानकारी अनुसार देशभरमा थप १ हजार २७२ संक्रमण पुष्टि भएकाे छ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा १ हजार ५७५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ जना पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५६७ पुगेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »