सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशभर करिब १ लाख जना क्वारेन्टिनमा

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिममा रहेका झण्डै १ लाख जनालाई क्वारेन्टिनमा राखिएका छन् । कोरोना जोखिम क्षेत्रबाट आएका ९९ हजार ३ सय ३६ जना देशका विभिन्न ठाउँको क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबारसम्म देशभरी क्वारेन्टाइनमा रहनेको संख्या संख्या अहिलेसम्मकै उच्च हो ।

सबैभन्दा धेरै प्रदेश ५ मा ३२ हजार ३ सय ७३ जना, सुदूरपश्चिम प्रदेशमा २५ हजार ७ सय ६५ जना, कर्णाली प्रदेशमा १७ हजार ५ जना क्वारेन्टिनमा छन्। त्यस्तै प्रदेश २ मा १६ हजार ६ सय ७८, प्रदेश १ मा २७ सय ४७, बागमती प्रदेशमा १९ सय ५४ र गण्डकी प्रदेशमा २८ सय १४ क्वारेन्टिनमा रहेका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

त्यसैगरी शुक्रबारसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् । प्रदेश १ मा १ सय २७, प्रदेश २ मा ३ सय ८७, वाग्मती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा १८ जना, प्रदेश ५ मा ३ सय ८३ जना, कर्णाली प्रदेशमा ४७ जना र सुदुरपश्चिम प्रदेशमा १६ जना आइसोलेसनमा उपचाररत छन् ।

पछिल्लो समय भारतबाट फर्किनेहरुको संख्या बढेसँगै देशभर क्वारेन्टिनमा बस्नेहरुको संख्या बढेको हो । त्यस्तै देशभरका अस्पतालको आइसोलेसनमा उपचार गर्नेको संख्या पनि बढ्दै गएको छ । हालसम्म २ सय ६ जना डिस्चार्ज भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »