सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशभर बाढीपहिरोमा परि दुई दिनमा २६जनाको मृत्यु, ६० बेपत्ता

काठमाडौं/२७ असार
बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । दुई दिनमा २६ जनाले ज्यान गुमाएका छन् । देशभर ६० जना बेपत्ता छन् ।

७१ परिवार विस्थापित भएका छन् भने २६ जना घाइते भएका छन्।

जाजरकोट र कास्कीमा सात–सात, लमजुङ, म्याग्दी र सिन्धुपाल्चोकमा तीन–तीन, रुकुम पश्चिममा दुई र गुल्मीमा एकजनाको मृत्यु भएको छ । म्याग्दीमा ३१ र जाजरकोटमा आठजना बेपत्ता छन् ।

सिन्धुपाल्चोकमा बिहीबार हराएका २१ जना पनि अझै फेला परेका छैनन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मात्रै बाढीपहिरोबाट दुई करोड सात लाखभन्दा बढीको धनमाल क्षति भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार राति देशवासीका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्रीले बाढी र पहिरोले पु¥याएको क्षतिको जानकारीले आफूलाई स्तब्ध र दुःखी तुल्याएको पनि बताएका छन् ।

गत साता बाढी, पहिरोमा पुरिएर बझाङमा सातजनाको मृत्यु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »