सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशमा कोरोना संक्रमित बढी रहदा वीरगञ्जमा डाक्टरका दुई समूहबीच कुटाकुट

काठमाडौं । वीरगञ्जमा जुनियर चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो । नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका हुन् ।

विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका छन् ।

‘ह्वाट्स एप ग्रुपमा भएको कुराकानीको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको रहेछ,’ नारायणी अस्पतालका डा. उदयनारायण सिंहले भने, ‘क्वारेन्टाइन स्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारेका हौं ।’

‘एनएमए नारायणी जोन ब्रान्च नाम भएको ह्वाट्सप ग्रुपमा डा. मधुरञ्जन सिंहले लामो समयदेखि सरकारी अस्पताल र चिकित्सकलाई गाली गलौच गर्दै नकारात्मक टिप्पणी गर्दै आएका रहेछन्,’ डा. सिंहले भने, ‘अस्पतालका जुनियर चिकित्सकहरुले त्यसको प्रतिवाद गरेपछि विवाद सिर्जना हुन गएको रहेछ ।’

सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन भनेर डा. मधुरञ्जन सिंहले ह्वाट्सएप ग्रुपमा लेख्दै आएपछि आफूहरुले त्यसको प्रतिवाद गर्दै यस्तो संकटको घडीमा मेहनत गर्ने चिकित्सकहरुको मनोबल गिर्ने गरी नबोल्न सुझाव दिँदा २/३ जना मानिस लिएर क्वारेन्टाइन स्थलमै विवाद गर्न आएको नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले बताएका छन् ।

यसैबीच नेपाल चिकित्सक संघ वीरगञ्जले एक विज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »