सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देशलाई बन्धकी बनाउने एमसीसी चाँहिदैन : पूर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राई

काठमाडौं, पूर्व शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा नभएको बताए ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसी संशोधनसहित पास गर्नुपर्ने अडान रहेका बेला समाजवादी पार्टीका सांसद तथा पूर्व शहरी बिकास मन्त्री राईको यस्तो भनाई बाहिर आएको हो ।

सांसद राईले देशलाई बन्धी बनाउने एमसीसी आवश्यक नभएको तर, संशोधनसहित राष्ट्रहितमा भए आफूहरुलाई स्वीकार्य हुने बताउनुभयो ।

‘देशलाई बन्धकी बनाउने नेपालको कानून र संविधान भन्दा सर्वोपरि हुने एमसीसी चाँहिदैन । आवश्यक संशोधन सहित राष्ट्रहितमा हुने हो भने मात्र स्वीकार्य हुनेछ’, उनले भनेका छन् ।

एमसीसीलाई लिएर सत्तारुढ दल मा नै तिव्र असन्तुष्टी बढिरहेको छ । प्रधानमन्त्री केपी शमा ओलीलगायतका केही नेताहरु एमसीसीको पक्षमा रहेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ, भीम रावल , झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरुले संशोधनसहित स्वीकार गर्न सकिने बताएका छ । ( काठमाडौं पाटीबाट साभार )

भर्खरै

सम्बन्धित खबर

Language »