सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“दोर्जे डन ब्याक अगेन”VS कोरोना अनि नायक कुमार मोक्तान

काठमाडौँ । तामाङ चलचित्र “दोर्जे डन ब्याक अगेन” बैशाख ४ गते शनिबार विशेष समारोह बीच प्रिमियर शो सम्पन्न भयो । प्रमुख अतिथिको रुपमा रोशी गाउँपालिकाका अध्यक्ष डिभि मोक्तान रहेका थिए।

“दोर्जे डन ब्याक अगेन” चलचित्र हेर्नका लागि बेलुका पाँच बजेसम्म दर्शकहरु कुरेर बसिरहेका थिए । कार्यक्रम तोकिएको समयमा हुन नसकेको कारणले ढिला भएको थियो । ढिलो समयसम्म कुरेर बसेता पनि दर्शकहरु निराशा भएर भने फर्कनु परेन । करिब साँढे दुई घन्टा लामो “दोर्जे डन ब्याक अगेन” तामाङ चलचित्र हेरेर खुशीका साथ दर्शकहरु रातको ८ बजे घर फर्केको थियो ।

सारा खबरको प्रतिनिधिले चलचित्र कस्तो निर्माण भएको छ त ? भन्ने प्रश्नमा धेरैले चलचित्र राम्रो बनेको जवाफ दिएको थियो भने थोरैले मात्र कथावस्तु प्रस्ट नभएको बताएका थिए ।

पत्रकारको नजरमा “दोर्जे डन ब्याक अगेन”

तामाङ समुदायमा अहिलेसम्ममा करिब एक सय पचास भन्दा धेरै चलचित्रहरु निर्माण भएका छन् । अन्य आदिवासी जनजातीहरुको तुलनामा सबै भन्दा धेरै चलचित्र निर्माण गर्नेमा तामाङ समुदाय नै अगाडि छ तर पनि गुणात्मकरुपमा तामाङ चलचित्र निर्माण गर्न नसकिँदा आलोचना भने धेरै खेपिरहेकाे छ ।

“दोर्जे डन ब्याक अगेन” प्राविधिकरुपमा धेरै राम्रो चलचित्र निर्माण भएको भएता पनि कथा कहाँबाट शुरु भयो भन्ने अन्योलता हुन्छ नै । हुन त निर्मात्री भगवती मोक्तानले चलचित्र हेर्न आउने दर्शकलाई सोच्न बाध्य हुने चलचित्र भएको दाबी गरेकी छिन् । यो चलचित्रको पहिलो प्रिमियर शो मात्र भएको छ । अन्य हलहरुमा लाग्न बाँकी नै छन् ।

अहिलेसम्म निर्माण भएको तामाङ चलचित्रहरु मध्येमा छायाङ्कन पक्ष र दृश्य सम्पादनमा “दोर्जे डन ब्याक अगेन” उत्कृष्ट नै छ भन्नु पर्छ । यो चलचित्रको नायिका सीता थिङको निर्देशनमा निर्माण भएको चलचित्र “दोर्जे डन ब्याक अगेन”मा मुख्य भुमिकाको रुपमा रहेका नायिकाको जिम्मेवारी पुरा नभएको देखिन्छ । किनभने नायिका सीता थिङ चलचित्रमा प्रहरी इन्सपेक्टरको भूमिकामा देखिएता पनि कुनै अपराधीलाई कानुनी दायरामा ल्याएको दृश्य देख्न पाइँदैन ।

आमाको भुमिकामा रहेकी सुजीना गोलेको भुमिकामा प्रश्न उठाउने ठाउँ धेरै छन् । नायक कुमार मोक्तानको अभिनय भने सशक्त छ नै, त्यसैले त दर्शकको मन अन्त मोड्न दिँदैनन् । हाँस्यकलाकार गोकुल लामाको भुमिका पनि प्रशंसनीय नै छ ।

यो चलचित्रले तामाङ समुदायको भाषा, धर्म र साँस्कृतिक विषय वस्तुलाई नै उठान गरेको छ । गाउँघरमा लोप हुँदै गएको माने, घुम्बा र चौताराको वस्तु अवस्थालाई उठाएकाे छ । शहरीय जीवन भन्दा गाउँले जीवनको महत्वलाई चलचित्रमा उर्तान खोजेका छन् ।

कोरोनाको कारणले थलिएको नेपाली बजारमा अहिलेको यो अवस्थामा तामाङ चलचित्रलाई सार्वजनिक गर्न खोज्नु निर्मात्री भगवती मोक्तानको प्रयास सफल भएको छ । उहाँले प्रिमियर शो मा नै चलचित्र निर्माणको क्रममा लागेको खर्च उठाएको सारा खबरसँगको संवादमा जानकारी दिएकी छिन् ।

चलचित्रले उठान गर्न खोजेको दोस्रो पक्ष भनेको आमा र छोराको सम्बन्ध कस्तो हुन्छ ? अहिलेको वर्तमान परिवेशलाई बुझाउन खोजेकाे छ। छोरा छोरी, आमा बुबाबाट टाढिँदै गइरहेको अवस्थामा “आमाला माया” गीतमा गरेको अभिनयले आमा छोराको सम्बन्धलाई महत्वका साथ बुझाउन खोजिएका छन् ।

चलचित्रमा आधुनिक प्रविधि ड्रोनको राम्रोसँग सदुपयोग गरेका छन् । मुस्ताङको लोभ लाग्दो प्राकृतिक दृश्यहरु र काभ्रेका विभिन्न स्थानमा खिचिएका दृश्यहरुले दर्शकको मनलाई चलचित्रमा आकर्षित गर्न सफल भएको छ ।

अन्तमाः तामाङ समुदायमा महानायक र सुपरस्टारको उपाधिमा टक्करको रुपमा देखिएको नायक अमिर दोङ र कुमार मोक्तान “दोर्जे डन व्याक अगेन” प्रदर्शनको दिन एउटै स्टेजमा देखिए । नायक कुमार मोक्तानलाई उहाँले सफलताको शुभकामना पनि दिनुभयो ।

“दोर्जे डन व्याक अगेन” तामाङ चलचित्रको विषयमा खुलेर समिक्षा गरिहाल्न पनि गाह्रो छ किनभने कोभिड(१९) को कारणले हलहरुमा चलचित्र प्रदर्शन गर्न नसकिने अवस्था छ । जसको कारणले दर्शकको धारणा नबुझी पत्रकारको कलमले मात्र चलचित्र यस्तो छ भनेर समिक्षा गरिहाल्न भने मिल्दैन । यदि समय परिस्थिति सहज वातारण निर्माण भएमा हलमा यो चलचित्र प्रदर्शन हुने भयो भने करिब साँढे दुई घन्टाको समय त्यत्तिकै खेर फाल्न आएछ भनेर कोही पनि खल्लो मन लिएर फर्कनु पर्दैन । दर्शकले “दोर्जे डन व्याक अगेन”बाट पूर्णरुपमा रमाइलो गरि केही सन्देश अवश्य लिएर जाने नै छन् ।

धेरै तामाङ चलचित्रहरु निर्माण भैइरहेको छ भन्ने हल्ला फिजाएता पनि कोरोनाको कारणले प्रदर्शनमा ल्याउन सकिएको छैन । यो विकराल अवस्थामा निर्मात्री भगवती मोक्तानले “दोर्जे डन व्याक अगेन” चलचित्रको प्रिमियर शो देखाउने आट गर्नुलाई तामाङ समुदायले उहाँलाई सम्मान गर्नु पर्छ । यो चलचित्रको निर्देशक पनि नारी नै छन् । नायिका सीता थिङले नै निर्देशन गरिएको हो । नारीको वर्चश्व रहेका यो चलचित्र अहिलेको अवस्थामा समुदायको धेरै भन्दा धेरै रुचाइमा पर्ने देखिन्छ । तर यो भन्न मिल्छ कोरोना भर्सेस “दोर्जेडान व्याक अगेन” अनि नायक कुमार मोक्तान ।

समुदायले नायक कुमार मोक्तानलाई सुपर स्टार भनेर सम्बोधन गर्दा उहाँले यसरी सम्बोधन नगर्नु भनेर प्रति उत्तर दिदै आएको छ । सायद यो उहाँको पपुलर हुने कुनै खेल हो वा हक्की स्वभावको नायक भएको कारणले यसरी बोलेको हो त्यो यकिनका साथ भन्न सकिदैन तर “दोर्जे डन व्याक अगेन” चलचित्रलाई सार्वजनिक गरेर चुनाैतीकाे सामाना गर्न तयार भएका छन् ।

नायक कुमार माेक्तान र निर्मात्री भगवती माेक्तानसँग चलचित्रकाे समिक्षा गर्दै गरेकाे याे संवाद

नायक कुमार माेक्तान र निर्मात्री भगवती माेक्तान

भर्खरै

सम्बन्धित खबर

Language »