सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दोस्रो मेयर रनिङ शिल्ड तयारी पूरा


खजुरा । शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान भन्ने मूल नाराका साथ यही पुस २५ गतेदेखि हुने दोस्रो मेयर रनिङ शिल्डको तयारी पूरा भएको छ ।

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा हुने अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकूद प्रतियोगिताबारे आज बुधवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले प्रतियोगिताबाट छनौट हुने खेलाडी जिल्ला स्तर र राष्ट्रपति रनिङ शिल्डमा भाग लिने बताए ।

व्यवस्थापनको जिम्मेवारी पाएको अमर मावि गौतमबस्ती व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक तुफानले रनिङ शिल्ड प्रतियोगिताको सबै तयारी पूरा भएको बताउँदै प्रतियोगिताबाट उत्पादन हुने खेलाडी खजुरालाई आगामी खेल क्षेत्रमा अगाडि बढाउने र चिनाउने गहनाको रुपमा हुने उल्लेख गरे । पुस २५ गतेदेखि २९ गतेसम्म ५ दिन संचालन हुने प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा मा.वि.(कक्षा ९­१२), आधारभूत तह (कक्षा १­८) र आधारभूत तह (कक्षा १­५) मा अध्ययनरत क्रमशः १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४०६ विद्यार्थीहरुको सहभागिता रहनेछ । आधारभूत तह (कक्षा १­५) का लागि बालमैत्री खेलहरु खेलाइने छ ।

मा.वि तर्फ एथलेटिक्स, भलिवल, कपड्डी, मार्शल आर्ट र चेस खेलका ३३ इभेन्ट्स, आधारभूत तह कक्षा (६­८) तर्फ एथलेटिक्स, कपड्डी, मार्शल आर्ट र चेस खेलका २५ इभेन्ट्स तथा आधारभूत तह कक्षा १­५ तर्पm लङजम्प, रिले १०० मि.दौड, चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ७ इभेन्ट्स गरी जम्मा ६५ ओटा खेलहरु राखिएका छन् । प्रतियोगिताका प्रथम, द्धित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मा.वि.तर्फ क्रमशः २० हजार , १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

यसैगरी आधारभूतमा प्रथम, द्धित्तीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने सचिवालय संयोजक यमनारायण महतोले जानकारी दिए । खेल अवधिभर खेल मैदानलाई व्यवस्थित गर्न गरुाँस मा.वि. प्र.अ डिवी तामाङलाई फिल्ड मार्शल र अम्वेमाता आधारभूत विद्यालयको प्र.अ. अम्विका थापालाई सहायक फिल्ड मार्सल तोकिएको छ ।

वडा नं. २ का अध्यक्ष देविलाल खनालको संयोजकत्वमा बनेको सुरक्षा समितिले सुरक्षा प्रबन्धका लागि नेपाल प्रहरीको सहकार्यमा सुरक्षा व्यवस्थालाई भरपूर बनाइएको वडाध्यक्ष खनालले बताए । शिक्षा समिति सदस्य भक्तबहादुर केसीले खेलमा प्राविधिक कुरालाई मध्यनजर गर्दै खेलका प्रशिक्षकहरुलाई त्यसको जिम्मेवारी तोकिएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »