सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जालको भवनको ढलान

नेपालगञ्ज , निर्माणाधिन द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको भवनको आज ढलान गरिएको छ ।

नेपालगञ्ज– ९ स्थित २ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ३ तले भवन अन्तर्गत पहिलो तलाको बिहान ढलान गरिएको हो ।

सञ्जालको अथक प्रयासपछि नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा प्राप्त जग्गामा अत्याधुनिक ‘छहारी भवन‘ निर्माण भइरहेको छ ।

द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष जयन्ती केसी, जिल्ला संस्थापक अध्यक्ष, मानव अधिकारका लागि महिला एकल महिला समूहका केन्द्रीय उपाध्यक्ष शोभा वीसी, मानव अधिकारका लागि महिला एकल महिला समूह प्रदेश ५ कोषाध्यक्ष गोमा थापा लगायत पदाधिकारीको उपस्थितीमा विधीवत पुजापाठ गरि ढलान गरिएको हो ।

सती प्रथा उन्मुलनको दिन पारेर गरिएको ढलानको अवसरमा उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, पत्रकार महासंघ प्रदेश सचिव शुक्रऋषि चौलागाई, वडा न ९ का वडा अध्यक्ष विष्णु लामा , उपमहानगरपालिका कार्यपालिका सदस्य वसन्ता जोशी लगायतले अवलोकन गर्नुका साथै बधाई ज्ञापन गरेका छन् ।

यस अघि विभिन्न वडाका वडा अध्यक्षहरुले निर्माणाधिन भवनको अवलोकन गर्नुका साथै आवश्यक सहयोगको पनि प्रतिवद्धता व्यक्त गरेका थिए ।

हाललाई एक तले भएपनि क्रमीक रुपमा छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष केसीले जानकारी दिनु भयो । भवन निर्माणका लागि उहाँले सबैको साथ र सहयोगको आह्वान पनि गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »