सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धनगडीमा डेरामा बस्ने महिलालाई बलात्कार गर्ने घरबेटी पक्राउ

काठमाडौँ । कैलालीमा डेरावाल महिलालाई बलात्कार गरेको आरोपमा एकजना घरबेटी पक्राउ परेका छन्।

धनगढी उपमहागरपालिका-७ का २८ वर्षीय श्रीराम राना आफ्नै घरमा डेरा गरी बस्ने महिलालाई बलात्कार गरेको आइतबार आरोपमा पक्राउ परेका हुन्।

ज्यालादारी काम गर्ने ती महिलाका श्रीमान काममा गएका बेला कोठामा गएर डराइधम्काइ जबरजस्ती करणी गरी फरार भएका रानालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले पक्राउ परेका रानामाथि जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »