सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धर्म, सम्प्रदाय होइन अब विकास र समृद्धिको राजनीति गरौं – मन्त्री राई

नेपालगञ्ज, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले अब विकासको राजनीति गर्नुपर्ने बेला भएको बताएका छन्। राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई उनले जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव दिएका हुन्।


गृहजिल्ला बाँकेको डुडुवामा विभिन्न पुलहरूको शिलान्यास गर्दै उनले भने ुअब धर्म र साप्रदायिकताको राजनीति छोड्नुस्। सक्नुहुन्छ भने विकास र समृद्धिको राजनीति गर्नुस् र जनताको मन जित्नुस्।ु

चुनावका बेला आमनागरिकलाई भ्रममा पार्न र साम्प्रदायिकता भड्काउने गतिविधिहरू बढेको भन्दा त्यस्ता क्रियाकलाप गर्नेहरूबाट सचेत हुन पनि उनले आग्रह गरे।ुयो क्षेत्रबाट धेरैले राजनीति गरे। धेरै नेता भए। सांसद भए। मन्त्रीहरू पनि भए। मन्त्रीमात्रै होइन यही बाँके जिल्लाबाटै राजनीति गर्नेहरू प्रधानमन्त्री पनि भएु उनले भने ुतर बाँकेवासीले विकास कहिल्यै पाउन सकेनन्।

प्रधानमन्त्री भएको जिल्ला पनि विकासमा सधै पछि नै रह्यो।ुउनले जिल्लामा विकासका अझै तमाम कामहरू अधुरा रहेका र तीनलाई पूरा गर्नका लागि आफू फेरि एकपटक चुनावमा होमिने पनि बताए। तर त्यसबाट अत्तालिएकाहरूले आफूविरूद्ध भ्रम छर्न धर्म र साम्प्रदायिकता भड्काउन खोजेको भन्दै उनले मिलेर बसेको समाजलाई भत्काउने कोसिस नगर्न पनि चेतावनी दिए।

ुयो सबै समुदाय, सबै जातजाति र धर्म अनि सप्रदाय मिलेर बसेको समाज होु उनले भने ुयसलाई बिथोल्ने प्रयास नगर्दा हुन्छ। धर्म र समुदाय बिथोलेर अब राजनीति चल्दैन। राजनीति गर्ने भए आउनुस् विकासका काममा प्रतिष्पर्धा गरौं। अब विकास र समृद्धिको राजनीति गरौं।ु

सोमबार मन्त्री राईले एकैदिन डुडुवा गाउँपालिकाका विभिन्न गाउँहरू जोड्ने ४ वटा पक्की पुलहरूको शिलान्यास गरेका थिए।

उनले डडुवाको टपरीदेखि चौफेरी जोड्ने ९० मिटर, नौरीगौडीदेखि कैरातीपर्वा जोड्ने ५० मिटर, राजारामपुरवादेखि हल्कारापुर्वा जोड्ने ४५ मिटर र डुडुवा ४ मोल्हुपुरवाको अमराहवादेखि लडिहाघाट जोड्ने ४५ मिटर लामो पक्की पुलहरूको शिलान्यास गरेका हुन्।

डिजाइन एण्ड बिल्ड प्रक्रियाबाट बन्ने यी आधुनिक पक्की पुलहरू आगामी तीन वर्षमा निर्माण भइसक्नेछन्।

सरकारले पुल निर्माणका बेला ठेकेदारहरू अलपत्र छोडेर भाग्ने, मर्मतको जिम्मेवारी नलिनेजस्ता समस्याहरू बढ्न थालेपछि नयाँ प्रक्रिया थालेको हो। डिजाइन एण्ड बिल्ड प्रक्रिया भनेको पुलको डिजाइन गर्ने जिम्मेवारी पनि सम्बन्धित ठेकेदारकै हुन्छ। र निर्माण पनि उसैले नै गर्नुपर्ने हुन्छ।

पुलहरूको शिलान्यास समारोहमा उनले छोटो समयमा पनि सरकारले देशभरि पुल र सडक निर्माणको कामलाई प्राथमिकता दिएको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »