सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङको लोजोङ गुम्बा तोडफोड काण्डमा आफुलाई फसाउन पत्रकार समेत लागेको अशोक तामाङको आरोप

काठमाडौं । गत फागुन ४ गते बेलुका ७ बजेतिर धादिङ जिल्लाको खनियाबास गाउँपालिका ४ दार्खास्थित लोजोङ गुम्बामा केहि व्यक्तिहरु प्रवेश गरि तोडफोड गरेको घटनामा आफ्नो नामसमेत जोडेर दियो पोष्टका प्रकाशक विश्कर्माले पैसा लिएर एकतर्फि समाचार संप्रेशण गरेको अशोक तामाङको आरोप छ ।

आफु त्यस घटनामा कतैबाटपनि संलग्न नरहेको भन्दै आफ्नो फेसबुक स्टाटसमा उनले यस्तो लेखेका छन् । 

”पत्रकार भनेको देसको चौथो अङ्ग हो।आज सत्य तथ्य कुरा केहि नबुझि अरुले पैसा दियो भन्दैमा आफु खुसि अरुको चरित्र हत्या हुने गरि लेख्नु येस्तो पनि पत्रकार हुन्छ्।दियो पोस्टको बदनाम आफैले गरेउ आज थुक्क लाज छैन्।कति पैसामा बिगेउ खाते दिमाग छैन म एउटा निर्दोस ब्यक्तिलाई आज सबै जन्ता सामु बदनाम गराउन कति पैसामा बिगेउ त्।कति पैसामा डिल गरेर लेखेउ एकपटक अरुको बारेमा समाचार लेख्नु भन्दा पहिले सत्य तथ्य कुरा बुझ्नु पर्दैन त कस्तो पत्रकार हो।त सडक छाप पत्रकार रहेछ्स आज आफ्नै दियो पोस्टको बदनाम गरिस तैले थुक्क चोर खाते दिमाग छैन्।आज मेरो मन जति रोयको छ्।एक दिन तिम्रो पनि मन येसरिनै रुनेछ्।याद राख आज मेरो बदनाम गराउन तैले जो सङ्ग पैसा लियर लेखिस एक दिन त्यो लेख्न लगाउने ब्यक्ति लाई घिसार्दै तिम्रो दियो पोस्टको अफिसमा लियर आउने छु त्यो बेला जवाफ मैले माग्नेछु त सङ्ग याद राख पैसामा बिग्ने खाते।चोर पत्रकार🙏🏻🙏🏻 धन्यबाद त लाई”

आफु बुद्धिष्ट भएको र घटना घटेको दिनमा आफ्नो घरमा पुजा समेत रहेको उनले फेसबुक मार्फत प्रष्ट पारेका छन् ।

”आज म निर्दोश हुदा हुदै पनि मलाई फसाउने नियतका साथ केहि साथि भाई हरु लागेका छन दुख लाग्छ्।बुद्धि कहिले आउने होला म आफैले स्वयम मानेको बुद्ध धर्म हो।तर आज आफैले मानेको बुद्धिस्ट गुम्बा तोड फोड गरेको आरोप लगायो मलाई मैले कमिसन मागेउरे थुक्क भन्न पनि कसरि सकेउ मेरो आफ्नै घरमा फागुन चार गते देखि घरमा पुजा राखेको थियो।बुद्धिस गुरु सहितको टिम मेरो घरमा पुजा पाठ गर्दै हुनु हुन्थेउ तर फागुन पाच गते के कारणले कस्ले गुम्बा तोड फोड गरेउ त्यो त लो जोङ गुम्बाको अध्यक्ष सुर्य तामाङ ज्यु लाई नै थाहा होला तर आज म निर्दोश हुदा हुदै पनि दियो पोस्ट्ले मेरो चरित्र हत्या हुने गरि समाचार प्रसारण गरियो।मलाई थाहा छ्।को कसको हात छ भनेर तर अलि कति पनि मानबता भन्ने मनमा छैन रहेछ्।यस्ता मानसिक्ता गुमायका पागल हरु पनि हुदोरहेछ्।दियो पोस्ट्का पत्रकार सुदिप बिश्वकर्मा र गुम्बाको अध्यक्ष सुर्य तामाङ्।यस्ता हरु पत्रकार र यस्ता हरु गुम्बाको अध्यक्ष कसरि बनायो होला ”

स्थानियका अनुसार गुम्बा ताडफोड गर्नेमा सोही क्षेत्रका स्थानियहरु छन् । दिपक तामङ वाइबाकोको नेतृत्वमा तोडफोड भएको अध्यक्ष तामाङको दाबी छ । छिरिङ गुरुङ ब्लेन्देन, सुबिस तामाङ गोम्जा, सुरोज तामाङ वाइबा,रेमन तामाङ वाइबा, आसिक तामाङ गोम्जा,.बिर्ख घले वाइबा, मनोज गुरुङ ब्लेन्देन कुटपिटमा संलग्न थिए । उक्त समुहले महिलामाथी हातपात र अभद्र व्यवहार समेत गरेको श्रोतको दाबी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »