सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङमा जिप दुर्घटना, १ जनाको मृत्यु, ८ घाइते

धादिङ । जिल्लाको बेनीघाट रोराङको मलेखुबाट खहरेतर्फ जाँदै गरेको बोलेरो जिप पल्टिँदा १ जनाको मृत्यु भएको छ । ८ जना घाइते छन् ।

दुर्घटनामा ज्वालामुखी गाउँपालिका–१ कि २४ वर्षीया सरु बसेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका अन्य ८ जनालाई तीनवटा एम्बुलेन्सबाट राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचारका लागि भर्ना गरिएको छ ।

मलेखुबाट तरकारी बेच्न आएका किसानलाई लिएर बेनिघाट रोराङ गाउँपालिका–४, खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको बलेरो जिप दुर्घटना भएको हो । जिप सडकबाट १ सय मिटर तल खसेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »