सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धादिङमा पहिरोले घर पुर्दा एकै घरका तीनजनाको मृत्यु

धादिङ / ०६ साउन ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ गल्याङमा पहिरोले घर पुर्दा परिवारका तीन जनाको मृत्यु भएको छ ।

घरमाथिबाट पहिरो खस्दा २२ वर्षीय मिलन खाँड, उनकी श्रीमती १९ वर्षीया सम्झना खाँड र उनीहरुको डेढ वर्षीय छोराको पनि मृत्यु भएको त्रिपुरासुन्दरी गाउँपालिकाले जनाएको छ। रातिको समयमा पहिरो खस्दा घरभित्र भएका कोही पनि निस्कन नभ्याउँदा सबैजनाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार पहिरो बिहान चार बजेतिर पहिरो गएको थियो।

बिहान साढे ४ बजे पहिरोले पुरिएको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको एसपी रेग्मीले जानकारी दिए ।

मंगलबार गजुरी गाउँपालिकामा १७ वर्षीया किशोरीको ज्यान गएको थियो।

केही दिनयता देशका विभिन्न भागमा अविरल वर्षा भइरहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »