सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धार्मिक स्थल खुला गराउन कशौंधन बैश्य समाज बाँकेद्धारा जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन–पत्र

नेपालगन्ज, कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि बन्द रहेको प्रसिद्ध शक्तिपीठ माता बागेश्वरीको द्धार खोल्नुपर्ने माग गरिएको छ ।


सरकारले आन्तरिक उडान, सार्वजनिक यातायात लगायतका कार्यहरु खुल्ला गरिसकेकाले मन्दिरको द्धार समेत खोल्नुपर्ने माग गरिएको छ ।


कोरोना महामारीको जोखिमका कारण बन्द गरिएको सार्वजनिक यातायात लगायतका सवारी सधानहरु सरकारले खोलेसँगै बन्द गरिएका मठ मन्दिर पनि खोल्नु पर्ने कशौधन बैश्य समाजले माग गरेको छ ।


सर्वसाधारणको पुजा अर्चनाका लागि हिन्दुहरुको पबित्र आस्थाको केन्द्र बागेश्वरी मन्दिरको द्धार खोल्न समाजका अध्यक्ष नन्दलाल बैश्य तथा महासचिव सत्यनारायण बैश्यले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन–पत्र बुझाउनु भएको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई बुझाइएको ज्ञापन–पत्रमा बागेश्वरी मन्दिरको द्धारसँगै दशैंको मुखमा आइसकेको नवदुर्गा माताको नौ दिनसम्म पुजा अर्चना गर्ने अवसर प्रदान गर्न आग्रह गरिएको छ ।


दशैका बेला नौ दिनसम्म मनाइने नवदुर्गा माताको पुजा अर्चना कार्यलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने गरी मनाउन सहयोग गर्न प्रशासनलाई अनुरोध गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »