सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ !

काठमाडौं। कोरोना भाइरस (कोभिड-१९) ले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको हो। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन्।

केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी घर फर्किएपछि स्वासप्रश्वासमा समस्या आएकाले धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो। स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो।

उनको बिहीबार राति मृत्यु भएको हो। ‘उनको सुरुमा आरडीटी पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको छ’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने। ति अधिकारीका अनुसार महिलाको पीसीआर रिपोर्ट मन्त्रालयले नियमित प्रेस सम्मेलनमा दिनेछ । थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकाे अस्पतालको भनाई छ।

नेपालमा काेरोना संक्रमितको संख्या २७६ पुगेको छ । ३६ जना भने निको भएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »