सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धुलिखेल नगरपालिकाको न्यायिक समितिको चर्चा

धुलिखेल नगरपालिका न्यायिक समितिवाट भएका न्यायिक प्रक्रिया तथा अभिलेखिकरणको कामको चर्चा लुम्बिनी प्रदेश र प्रदेश नं २ मा भएको छ ।

धुलिखेल नगरपालिका न्यायिक समितिवाट भएका न्यायिक प्रक्रिया तथा अभिलेखिकरणको कामको करिब १ महिना अघि सहज परियोजनाका country director बाट अवलोकन गरेर लुम्बिनी प्रदेशका आठ वटा जिल्लाका २१ वटा पालिकाहरु र २ नं प्रदेशका ८ जिल्लाका १७ वटा पालिकाकामा न्यायिक समिति संग सम्बन्धित रहेर काम गर्दै गरेको सहज परियोजना अन्तर्गतका International alert,VSO र माहुरी होम( मधेस मानव अधिकार समाज) ले धुलिखेल नगरपालिकाले न्यायिक क्षेत्रमा गरेको उल्लेखनीय कामको अनुभव साटासाट गर्न र अभिलेखिकरणको ढाँचा लुम्बिनी प्रदेश र २ नं प्रदेशका पालिकाहरुमा पनि गराउनका लागि धुलिखेल नगरपालिका उप प्रमुख न्यायीक समिति सदस्यहरु र उजुरी प्रशासकलाई बोलाएको हो ।

दुई दिन सम्म दाङको भालुवाङमा चलेको अनुभव साटासाट र सिकाइ कार्यक्रम निकै प्रभावकारी रहेको र यस कार्यक्रमले धुलिखेल नगरपालिकाको न्यायीक समितिले गरेका राम्रा कामहरु र अभिलेखिकरण काम जस्तै अरु पालिकाहरुले पनि सहज हुने International Alert का program officer कविराम मगर बताउनु हुन्छ ।

उक्त कार्यक्रममा सहज कर्ताको रुपमा आफ्नो नगरपालिकाले गरेका कामहरु अन्य पालिकाहरु संग सट्न पाउदा आफुहरुलाइ अत्यन्तै खुसीको महसुस भएको धुलिखेल नगरपालिकाका न्ययिक समितिका सदस्य गणेश आचार्य र उजुरी प्रशाशक सरोज थापा बताउनु हुन्छ ।

२ नं प्रदेशका ८ जिल्लाहरुमा धुलिखेल नगरपालिकाका उपप्रमुख र न्यायिक समितिका सदस्य मोहन लामिछानेले बिहीबार र शुक्रबार उक्त कार्यक्रमको सहजीकरण गर्दै हुनुहुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »