सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमाेबुद्ध नगरपालिकामा भएकाे भ्रष्टाचार छानबिनकाे घेरामा (भिडियाे सहित)

काभ्रे । केहि दिनदेखि सामाजिक संजालमा र विभिन्न अनलाइनमा नमाेबुद्ध नगरपालिकामा भएकाे भ्रष्टाचार संबन्धी समाचारहरू प्रकाशन भएकाे थियाे । सारा खबरले याे विषयमा नमाेबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मासँग बुझ्न् खाेज्दा उहाँले याे सार्वजनिक रूपमै बाेल्ने बताउनु भएकाे थियाे ।

उहाँले नमाेबुद्ध नगरपालिका वडा नं. ५ कानपुरमा भएकाे ल्हाेछार कार्यक्रममा साे घटनाकाे बारेमा सार्वजनिक रूपमा नै प्रस्टाएका छन् । नमाेबुद्ध नगरपालिका भित्र कर्मचारीका कारणले केही आर्थिक हिनामिना भएकाे स्वीकारेका छन् ।

उहाँले भन्नु भएकाे छ ”विभिन्न मिडियामा नमाेबुद्ध नगरपालिका भित्र अार्थिक हिनमिना सम्बन्धी समाचारहरू आएकाे छ । कर्मचारीकाे बदमासीका कारणले केही आर्थिक हिनामिना भएकाे रहेछ । अहिले त्याे कर्माचारी कार्बाहीकाे दायराभित्र छन् र छनबिन आयाेग नै गठन गरेकाे छ । त्यसमा यदि मेराे पनि बदमासी भेटेमा म आफै पनि कार्बाही बाेक्न तयार छु ।”
बाँकी भिडियाे हेर्नु हाेला ।

https://www.facebook.com/SaraKhabarNepal/videos/2780238178681008/?__xts__%5B0%5D=68.ARBkyeegL6R7swxb33D7g2QPeP7_tC4YWfcKmFbLgt0ijpnh0Uxp761oiliOSA99CePlN8desHPrrMKwYvmBZ3ajAbgf2Uf6aVvtMHgCCCEGnOFR2xIHynTPZUzQVVK8Pi6QCT_C6Ol5V_wIWXGQHSpu1CGSis6nc1vZv4WhKahS6rinIZ1UEmWtuqJNdPnv3FhsyjFjbX3-eu2U26-UtGgypgX5Btel671VAi3PZtnyPiEzH2bngBRPrS8NZ3iTMhs-xXFHT9t8t-P_Jq5vBWO0b1s2hSi2wuWrby7KvPqjnioly51LwtiQUFZMs9eRnyXS53SmR_Rdwitf&__tn__=-R

समाचरा यसरी अाएका थिए ।विभिन्न अनलाइनहरूमा

काभ्रे । स्थानीय निकायको भ्रष्टाचार चरम सिममा पुगेको विभिन्न संञ्चार माध्यममले लेखि रहँदा काभ्रेको नमोबुद्धमा पनि यसको जल्दो बल्दो उदहरण देखा परेको छ ।

नमोबुद्ध नगरपालिकाले राखेको ‘ढाट’मा खटिएका कर्मचारीले गरेको अनियमिततामा नगरपालिकाका अन्य को पनि हात रहेको पुष्टी भयको छ ।


सेवाग्राहीसँग कर्मचारीले तीन हजारको रसिद दिँदै नगरपालिकाको अर्धकट्टीमा भने १ हजार लेखेर राजस्व दाखिला गर्दै गरेको आम्दानी लुकाउन पुरै नगरपालिका नै लागेको स्रोतले जानकारी दियको छ ।

नमोबुद्ध नगरपालिकामा ढाट करमा भयको अनियमितता लुकाउन हाल पुरै नगरपालिका लागि परेको स्रोतले जनायको छ ।

नगर प्रमुख टिपी शर्मा तिमल्सिनाका स्वकीय सचिव नै उक्त करको रकम हजम पार्ने पात्र भएका कारण पनि सिंगै नगरपालिका उनीलाई बचाउन लागि परेको स्रोतले जनायको छ ।

खोला बगर मा भएका पाँच क्रसर ढुंगा तथा बालुवा ओसार प्रसार गर्ने टिफरबाट तीन हजार आय गरिन्छ तर टिफर नै मिनिट्रक बनाउँदै एक हजार मात्र आम्दानी दाखिला गरिने गरेको खुल्न आयको छ । यसरी हेर्दा नमोबुद्धमा भयको आम्दानीको दुई तिहाइ रकम भ्रष्टाचार भएको पुष्टि हुन्छ ।

विना कार्वन ठुला गाडीका रसिद काट्दा तीन हजार नै राजस्व संकलन गर्ने गरेको भएपनि कर्मचारीले अर्धकट्टीमा भने एक हजार बनाउँदै दुई हजार आफ्नो खल्तीमा हाल्ने गरेको खुल्न आयको हो ।

यसरी प्रति दिन तीन सय भन्दा बढि गाडी गुड्ने उक्त क्षेत्रमा दैनिक लाखौं भ्रष्टाचार भयको खुल्न आयको छ ।


नगर प्रमुखका स्वकीय सचिब तथा भान्छे सम्म यस कार्यमा सलग्न रहेको खुल्न आयको छ । नगरपालिकाका केहि कर्मचारी तथा स्थानीय निकायमा जनप्रतिनिधि सम्मलाई यस अनियमितताको हिस्सा पुग्ने गरेको खुल्न आयपछि हाल नगरपालिकामा हल्ली चल्ली नै मच्चियको छ ।

कसरी खुल्यो त पोल
उक्त क्षेत्रमा भयका पाँच क्रसर तथा बालुवाको ठेक्का पायका करदाताहरुलाई नै यस विषयमा संका लागेपछि उनीहरुको सामान्य उजुरीमा नै नगरपालिकाको सात्तो गएको हो ।

यस विषयलाई मिलाउन हाल नगरपालिकामा ठुलै कसरत भई रहेको एक कर्मचारीले आफ्नो नाम नखुलाउने सर्तमा बताए । उनका अनुसार यहाँ भयको भ्रष्टाचार यो सबै मिले मत्तोमा भयको हो । कर उठाउनेहरु स्थानीय निकायका प्रमुख र प्रशासकिय अधिकृतका नजिकका हितेशी हुन् । उनले दैनिक रुपमा उहाँहरुलाई पनि यसको हिस्सा दिने गरेका थिए ।

यसको विषयमा मिलाउन पुरै नगरपालिका लागि परेको छ । उनी थप्छन् हाल नगरपालिकामा नयाँ मान्छे आउँदा सम्म पनि कर्मचारी एवं जनप्रतिनिधिको सात्तो जाने गरेको छ ।

कति विल काटिय त

आर्थिक वर्षको शुरू साउन १ गतेदेखि हालसम्म राजस्व शाखाले ७५ सय रसिद काटिएका छन् । करदाताका अनुसार पहिला नै गई सकेका विल नम्वर पनि पुन विल काटिएको छ । केहि दिन अघि देखि पुरानो गई सकेका विल नम्वर पनि धमाधम काट्न थालियको थियो । पहिला नै आधा भन्दा बढि रसिद फर्जी काटियको छ फेरी पहिला गई सकेको विल पुन ल्याउँदा त सत प्रतिशत नै भ्रष्टाचार भएको छ एक सेवा ग्राहीले गुनासो गरे । उनका अनुसार ७ हजार माथीका विल नम्वर पुन प्रयोग गरिएको हो ।

कर्मचारीहरूले नगरपालिकामा राजस्व दाखिला गर्दा अनियमितता गरेको आशंका गरिएसँगै नगरपालिकाले छानबिन समिति गठन गरेको छ ।
राजस्व संकलनका बारेमा नगर कार्यपालिकाको २०७६ पुस २७ गते बसेको बैठकमा वडाध्यक्षहरूले हिनामिनासम्बन्धी प्रश्न उठाएपछि नगर प्रमुख तिमल्सिनाले ढाटमा खटिएका कर्मचारी कमल कुइँकेललाई बोलाएर सामान्य सोधपुछ गर्नुभएको थियो। उक्त बैठकले राजस्व संकलनमा बजारमा आएका विषयमा छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाउने विषयमा सहमति सँगै चार सदस्य छानविन कमिटि समेत निर्माण भयको छ ।


नमोबुद्ध नगरपालिकाको कार्यालयले भकुण्डेबेसीमा प्राकृतिक एवं खानीजन्य वस्तुको बिक्री तथा निकासी शुल्क दस्तुर कर्मचारीमार्फत चालू आर्थिक वर्षको साउन १ गतेदेखि असुल्दै आएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११(२) खण्ड घ (६) तथा प्रदेश नम्बर ३ को आर्थिक ऐन, २०७५ को अनुसूची ५ बमोजिम नगरपालिकाबाट स्वीकृत दर रेटअनुसार राजस्व संकलन गर्दै आएको थियो ।

ऐनले तोकेबमोजिम बिक्री तथा निकासी शुल्क ढुंगा, गिट्टी, बालुवा, स्लेट र रोडाका लागि प्रतिक्यु फिट ९ रुपियाँ, माटो प्रतिक्यु फिट २ रुपियाँ ५० पैसा असुल्दै आएको छ।

दररेट अनुसार टिपर प्रतिट्रक ३ हजार, प्रतिनिशान १ हजार ५ सय रुपियाँ लिँदै आएको थियो। स्लेट र बिछ्याउने ढुंगाको प्रतिक्यु फिट ९ रुपियाँ लेखेको भए पनि नगरपालिकाले उक्त सामग्रीमा कर असुल्न छापेको रसिदमा शीर्षक नै छापेको छैन।

आर्थिक वर्ष २०७४–२०७५ मा नगरपालिका आफैंले उक्त कर असुल्दै आएको थियो भने आर्थिक वर्ष २०७५–२०७६ मा ४ करोड ६२ लाखको ठेक्का लागेको थियो। चालु वर्षका लागि ६ करोडको ठेक्का आव्हान गरे पनि अझै लागेको छैन।

‘पाँच पटक बोलपत्र आह्वान गर्दासमेत निर्माण व्यवसायीहरूले कुनै फर्म दर्ता नगरेपछि नगरपालिका आफैंले कर्मचारीमार्फत राजस्व संकलन गर्दै आएको छ’ । कर्मचारीमार्फत असुल गर्दा माघ १४ गतेसम्म १ करोड ९४ लाख राजस्व संकलन भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »