सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमुना विद्यालयकाे रूपमा स्थापित शिवपुरी विद्यालय

यो हो एक चिरपरिचित समुदायिक विद्यालय, संघीय राजधानी काठमाडौंमा अवस्थित शिवपुरी माध्यमिक विद्यालय ।

झट्ट हेर्द राजधानीका कुनै महंगो निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी झै देखिने यी विद्यार्थीहरु सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनिहरुको अंग्रेजी कुनै निजी विद्यालयका विद्यार्थीको भन्दा कम छैन ।

अंग्रेजी भाषामा मात्र नभई अन्य विषयमा पनि कोहीभन्दा कम छैनन् यी विद्यार्थीहरु । सरकारी विद्यालयमा पढाईको स्थिती प्राइभेट बोर्डिडकोभन्दा निकै कमजोर हुन्छ भन्ने आम धारणाविपरीत केही सामुदायिक विद्यालयले आफूलाई उच्च सावित गरिदिएका छन् । कुशल व्यवस्थापन, मिहिनेती शिक्षक र सहयोगी अभिभावकको समन्वय भए सरकारी विद्यालय पनि निजीभन्दा कमजोर हुँदैनन । कुशल व्यवस्थापन, मिहिनेती शिक्षक र सहयोगी अभिभावकको समन्वय भए सरकारी विद्यालय पनि निजीभन्दा कमजोर हुँदैनन् भन्ने कुरा यस विद्यालयले सावित गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा एसईईको आधारलाई मान्दा यो विद्यालय काठमाडौंका अब्बल विद्यालयमध्येको एक बालुवाटार स्थित शिवपुरी माध्यमिक विद्यालय । हरेक वर्ष एसइइमा उत्कृष्ट नतिजा हासिल गर्ने यस विद्यालयमा अध्ययनरत विद्यार्थीले २०७६ सालको एसइइमा पनि ११ जनाले ३.६ माथिको जीपीए हात पारे ।

विद्यालयबाट एसइइ परीक्षामा सहभागी १११ विद्यार्थी मध्ये ११ जनाले ३.६० देखि ४.० जीपीए, २५ जनाले नै ३.२ देखि ३.५ जीपीए प्राप्त गरे । शिक्षक, विद्यार्थी, अभिभावक र व्यवस्थापनको संयुक्त प्रयासबाट विद्यालयले निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको प्रध्यानाध्यापक दिवाकर दुरदर्शीको अन’भव छ । करिब १२०० जना विद्यार्थी अध्ययनरत यस विद्यालयलाई वर्षेनी भर्ना गर्ने समयमा विद्यार्थीको चाप थाम्न हम्मे हम्मे पर्दछ ।

निजी विद्यालय जत्तिकै गुणस्तरीय शिक्षा दिईरहेको यस विद्यालयमा नेपाली र अंग्रेजी दुबै भाषामा कक्षा सञ्चालन भइरहेका छन् । अभिभावकको माग र समयसापेक्ष परिवर्तनका लागि विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गराईरहेको छ । प्रभात कक्षा १२ देखि सम्म पढाई भईरहेको छ । जसमा….विद्यार्थी अध्ययनरत छन् ।

विज्ञान र प्रविधिमा पनि विद्यालय कम छैनन् । आईटी प्रविधिबाट शिक्षण गराइन्छ भने पढाईसंगै अरु क्रियाकलापमा समेत विद्यार्थीको रुचि अनुसार शिक्षण भईरहेको छ । गाउने ,नाच्ने, चित्रकला, क्यम्पयुटरलगाएतको ज्ञान पनि दिइन्छ । विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत विशेष ध्यान दिएको छ । यसका अतिरिक्त विद्यालयमा विद्यार्थीहरुले अध्ययनका क्रममा सिकेका ज्ञान र सीपको प्रयोग गरी स्थानिय साधन स्रोतबाट निर्माण गरिएका विभिन्न ऐतिहासिक, सांस्कृतिक, सामाजिक , शैक्षिक, विज्ञान प्रविधिसंग सम्बन्धित सामग्रीको सार्वजनिकीकरण गर्ने गरि प्रदर्शनी समेत वर्षेनी आयोजना गरिन्छ । २०७६ साल फागुन १० गते आयोजना गरिएको शैक्षिक प्रदर्शनी पनि उदाहरणीय रह्यो ।

आफुले सिकेका ज्ञानबाट अरुलाई जानकारी दिन प्रदशर्नीमार्फत् आफ्नो कला र मिहेनत देखाउन पाउदा प्रदर्शनीमा सहभागी विद्यार्थीहरु पनि निक्कै खुशि देखिन्थे । प्रदशर्नीमा विद्यालयका विद्यार्थीहरुका अतिरिक्त बाहिरका विद्यालयहरु प्नि भ्रमण र अवलोकनका लागि आएका थिए । अन्य विद्यालयका शिक्षक र विद्यार्थीहरुको पनि कार्यक्रममा सहभागिता थियो ।

शिवपुरी माविले राखेको यस प्रकारको कार्यक्रमले आफुहरुलाई थप उर्जा र प्रेरणा मिलेकाले आफ्नो विद्यालयमा पनि विद्यार्थीको मनोबल बढाउने यस्तो कार्यक्रम सञ्चालन गर्ने अन्य विद्यालयको अनुभव छ । निजी बिद्यालय छाडेर यस सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गराउन अभिभावकहरुको यहाँ आउने गर्छन् ।

अभिभावकहरु विद्यालयले दिने शिक्षाप्रति सन्तुष्ठ देखिन्छन् । समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षकको समन्वयकै कारण सफलता मिलेको विद्यालयको भनाई छ । विद्यालयले आयोजना गरेको शैक्षिक प्रदर्शनी अवलोकनका लागि वडाका प्रतिधिीहरुको पनि सहभागिता थियो । लामो समयदेखि शिवपुरीले विद्यार्थी, अभिभावक सबैको मन जितेको छ । विद्यार्थीलाई असल नागरिक बनाउन व्यवहारमुखी शिक्षा दिनेतर्फ पनि ध्यान दिएकाले पनि हरेक वर्ष विद्यालयले राम्रो नतिजा हासिल गर्ने गरेको छ ।

भौतिक पूर्वाधार, शिक्षकको तहगत र विषयगत समायोजनले गुणस्तरीय शिक्षा प्राप्त हुन्छ । सरकारी निकाय, स्थानीय तह, गैरसरकारी क्षेत्रको असल समन्वय भए शिवपुरी माद्यमिक विद्यालयले जस्तै अन्य विद्यालयले पनि विद्यालयको गुणस्तरमा अवश्य वृद्धि गर्न सक्नेछ ।

भिडियाे हेर्न नभुल्नु हाेला ।

शिवपुर माध्यमिक विद्यालय र सारा खबरकाे सहकार्यमा निर्माण भिडियाे ।

भर्खरै

सम्बन्धित खबर

Language »