सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमोबुद्धको आर्शिवादले अहिलेसम्म नराम्रो घटना घटेको छैनः मेयर टि.पी. शर्मा तिमल्सिना

काभ्रे । नमोबुुद्ध नगरपालिका वडा नं. ३ मेथिनकोटमा रहेको ऊँ. शान्तिको भवनमा झन्डा तोलनको क्रममा टंक प्रसाद तिमल्सिनाले पाँच वर्षे कार्यकालमा नमोबुद्धको आर्शिवादले नराम्रो घटना नगटेकोमा खुशी व्यक्त गर्नुु भएको छ ।

ऊँ शन्ति भकुन्डे शाखाले आयोजना गरेको “झन्डा तोलन” कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका नमोबुद्ध नगरपालिकाको मेयर टि.पी. तिमिल्सिना शमाले नमोबुद्धको आर्शिवादकै कारणले आफ्नो कार्यकालमा त्यस्तो कुनै नराम्रो घटना नघटेकोमा खुशि व्यक्त गरेको हो ।

कार्यक्रममा नेपाली काग्रेसको तर्फकाट कुन्साङ लामा विशेष अतिथिको रुपमा रहेका थिए भने वडा नं. ३ को वडा अध्यक्ष डा. रामशरण हुँमागाई, वडा नं. ४ को वडा अध्यक्ष उद्धव प्रसाद काफ्ले लगाएतका व्यक्तिहरु अतिथिकोरुपमा उपस्थिति रहेका थिए ।

कार्यक्रममा विशेष अतिथि कुन्साङ लामाले समाजमा शान्ति ल्याउनका लागि धर्मले नै विशेष महत्पुर्ण भुमिका निर्वाह गरेको हुनाले नमोबुद्ध नगरमा रहेको ऊँ शान्तिको शाखा कार्यलयको लागि व्यक्तिगतरुपमा वा सामाजिकरुपमा सहयोग गर्ने प्रतिबद्ध जनाएको छ ।

वडा अध्यक्ष डा. रामशरण हुँमागाईले नगरलाई योगमय बनाउनका लागि आफ्नै वडाबाट थलानी गरेको जानकारी दिनुभयो । वडा र नगरमा शान्तिपुर्ण वातावरण निर्माण गर्नमा योगले विशेषदान दिने उहाँको दाबी रहेको छ । आउँदो चुनावमा दोहोरिएला वा नदोहोरिएला तर जनताको साथमा रहेर सधै सेवा गर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि मेयर टि.पी शर्माले आउँदो निर्वाचनमा पार्टील सक्षम नेतृत्वकोरुपमा पुनः जिम्मेवारी दिएमा पछि नहट्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा जनताको अहित हुने कुनै नराम्रो काम नगरेको बताउनु भयो । उहाँ भन्नुहुन्छ । “हामीले नगरलाई योगा र ध्यानमय बनाउने घोषणा गरेका थियौं । त्यसको नेतृत्व वडा अध्यक्ष डा. रामशरण हुँमागाईले गर्नुभएको छ । त्यसकारणले हामीले नमोबुद्ध नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनका लागि कुनै कसर बाँकी राखेको छैन । हरेक जनताको घर आँगनमा पुग्ने गरी सडक निर्माण सम्पन्न गरिसकेको छ । अब हामी कालो पत्रे गर्नका लागि निरन्तर लागि रहेको छु । यो चुनावमा पार्टीले पुनः जिम्मेवारीको लागि निर्वाचनमा पठाउनुभयो भने म पछि हट्ने छैन । ”

भर्खरै

सम्बन्धित खबर

Language »