सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नमोबुद्ध ७ नं वडा को आयोजनामा ल्होछार साँस्कृतिक कार्यक्रम भकुण्डेमा सम्पन्न

काभ्रे  । “एक घर एक डम्फु, प्रत्यक घर लुङ्दार दर्ज्यु, तामाङ पहिचान ,हाम्रो सँस्कृती जोगाउन अभियान” भन्ने मुल नाराका साथ आयोजित बृहत् ल्होछार साँस्कृतिक कार्यक्रम २८५७ म्हे ल्हो सोनाम ल्होछारको अवसरमा  नमोबुद्ध नगरपालिका वडा नं. ७, भकुण्डेमा सम्पन्न भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नं ७ का वडा अध्यक्ष धर्म सिं लामाको शभापतित्वमा  भएको कार्यक्रमका  प्रमुख  अतिथि  गंगा बहादुर तामाङ्ग ( बम्धोज )रहेका थिए  । कार्यक्रममा नगर  पालिका का प्रमुख  टी पि  तिमल्सिना  , प्रदेश  शभा सदस्य रत्न ढकाल, प्रदेश शभा  सदस्य  चन्द्र लामा, नगर  उपप्रमुख  राम  देवि तामाङ्ग  , वडानं ५ का वडा अध्यक्ष बुद्ध सिं लामा  लगाएत  ले  संबोधन  गरेका  थिए ।

कार्यक्रम मा थुप्रै तामाङ्ग तथा  गैर तामाङ्ग  कलाकार हरु  को पनि उपस्थिति रहेको  थियो  । तामाङ्ग  समुदाय  का चर्चित  कलाकार  विस्व दोङ्ग, गायिका  जितु लोप्चन  , गायक  बिशाल थिङ्ग  ,  गायिका  सुनिता अधिकारी  ,लगायतले  आ-आफ्नो प्रस्तुतिहरु राखेका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »