सरकारले महाप्रसाद अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नरमा नियुक्त गरेको हो । अधिकारीले राष्ट्र बैंकको खरदार सरहको सहायक पदबाट जागिर सुरु गरेका थिए ।
हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकारी डेपुटी गभर्नर थिए । डेपुटीबाट अवकाश पाएका उनी केही समयमै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ( सीइओ ) नियुक्त भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले उनलाई बोर्डको सिइओमा नियुक्त गरेको हो । बोर्डमा दुई महिना कार्यकाल बाँकी रहँदै अधिकारी गभर्नर भएका हुन् ।