सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ निशान छाप सरकारी लेटरप्याड र छापमा प्रचलनमा ल्याइयो

काठमाडौँ / ९ असार

सरकारी कार्यालयहरूले आफ्ना दस्तावेजमा नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा समेटिएको नयाँ निशाप छाप प्रचलनमा ल्याएका छन्।

संविधान संशोधनको एक सातामै सरकारी कार्यालयहरूले आफ्ना दस्तावेजमा लिम्पियाधुरासहितको नयाँ नक्सा प्रचलनमा ल्याएका हुन् । अब सरकारी कार्यालयका वेबसाइट, लेटरप्याड र छापमा नेपालको नयाँ नक्सा देख्न पाइने छ, जसमा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको छ ।

संघीय संसदका दुवै सदनबाट संविधान संशोधन पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नयाँ नक्सासहितको नेपालको निशान छाप प्रचलनमा आएको हो । संशोधित संविधानमा निशान छापमा नेपालको पुरानो नक्साको ठाउँमा नयाँ नक्सा राखिएको छ । सरकारी कार्यालयहरूले त्यही नयाँ निशान छाप प्रचलनमा ल्याउन थालेका हुन् ।

केन्द्रीय कार्यालयहरूले सबभन्दा पहिला आ–आफ्नो वेबसाइटमा र त्यसपछि क्रमशः सरकारी दस्तावेजमा नयाँ नक्सा प्रचलनमा ल्याउने क्रम सुरु गरेका छन् । नयाँ निशान छाप प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सबभन्दा पहिला प्रचलनमा ल्याएको हो । त्यसपछि गृह मन्त्रालय र अरू केन्द्रीय कार्यालयहरूले आ–आफ्ना वेबसाइट, लेटरप्याड र छापमा नयाँ निशान छाप प्रचलनमा ल्याउन थालेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »