सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक:अब १ लाख ४७ हजार ५ सय १६ बर्गकिलोमिटर

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गर्नु भएको हो। नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । आज नयाँ नक्सा सार्वजनिक भएसंगै अब नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।

यस अघि नेपालको क्षेत्रफल अतिक्रमित भूभाग बाहेक१ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नेपालको अतिक्रमित भूभागको क्षेत्रफल ३ सय ३५ वर्गकिलोमिटर थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्दै यो दिन इहितहासमा लेखिने बताउनुभयो । उहाँले पुर्खाले रचेको भौगोलिक इतिहासको रक्षा गर्नु आजको दायित्व भएको उल्लेख गर्दै आजदेखि विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको र नेपालीको मनोबल पनि उच्च बनेको बताउनुभयो ।

यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताउनु भयो। उहाले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयो ।

अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताउनु भयो । सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न उहाले आग्रह गर्नुभायो ।

भर्खरै

सम्बन्धित खबर

Language »