सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरका चिकीत्सकलाई स्वागत


नेपालगञ्ज, नरैनापुर—२ लक्ष्मणपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रका चिकीत्सक डा सागर पन्तलाई सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले स्वागत गर्दै सफलताको शुभकामना दिएको छ ।
नरैनापुरका लागि वर्षौदेखी डाक्टरको माग गर्दै आएको केन्द्रले भर्खरै जिम्मेवारी सम्हाल्नुु भएका डा पन्तलाई आफनै कार्यकक्षमा बोलाएर अंगोछाहित ससम्मान स्वागत गरेको हो ।

सम्वाद समह, बाँके लगायतको चौतर्फी माग र पहलपछि डा पन्त करार अन्तगर्त नरैनापर आउनुु भएको हो । वर्षौदेखी डाक्टरको अभाव झेल्दै आएका नरैनापुरवासीले अबको केही दिनमै चीकीत्सा सेवा पाउने भएका छन् ।

डा पन्तलाई केन्द्रका अध्यक्ष विश्वजित तिवारीले स्वागत गर्दै जनताको सर्वसुलभ सेवा पाउने अधिकारको रक्षा गर्न अपील गर्नु भयो ।

सूचना अभियन्ता समेत रहनुभएका तिवारीले सेवा प्रवाहको सहजताका लागि आवश्यक सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो । एक हप्ता भित्र नियमित स्वास्थ्य सेवा शुरु गर्ने जानकारी गराउनुु भएका डा पन्तले सबैको साथ र सहयोगको अपेक्षा गर्नु भयो ।


सो कार्यक्रममा सम्वाद समुह बाँकेका सहजकर्ता एवं सञ्चारकर्मी शुक्रऋषि चौलागाई, नरैनापुुरका कानुनी सल्लाहकार अधिवक्ता बल बहादुर चन्द, नरैनापुुर गाउँपालिकाका इ प्रविण श्रेष्ठ, उपभोक्ता मञ्च बाँकेका अध्यक्ष वसन्त गौतम, सूचना र मानवअधिकार अनसन्धान केन्द्रका कार्यक्रम व्यवस्थापक रवीन्द्र कुमार ज्ञवाली, सुचना अभियन्ता लक्ष्मी तिवारी लगायतको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »