सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरका सशस्त्र प्रहरीहरुलाई नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले व्यक्तिगत सहयोग

नरैनापुर,नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बाँकेको नरैनापुरमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीहरुलाई पनि व्यक्तिगत सहयोग गर्नुभएको छ ।

सीमा सुरक्षा र भारतबाट लकडाउनको समयमा हुन सक्ने प्रवेशलाई रोक्न अहोरात्र सीमामा खटिरहेका सशस्त्र प्रहरीलाई वडा अध्यक्ष बेहनाले व्यक्तिगत सहयोग प्रदान गर्नुभएको हो ।

बाँकेका सबै बोर्डर आउट पोष्ट ९विओपी०, फरवार्ड वेस र दशगजामा पाल टाँगेर बसिरहेका प्रहरीहरुलाई सहयोग गर्ने क्रममा अध्यक्ष बेहना नरैनापुर विओपीहरुमा पुग्नुभएको हो । यसअघि उहाँले जिल्लाका अन्य विओपी र फरवार्ड वेसहरुमा पुगेर सहयोग प्रदान गर्नुभएको थियो ।

समाजसेवीको नमुना बनेर यस क्षेत्रमा आफ्नो पहिचान बनाइसक्नुभएका वडा अध्यक्ष बेहनाले नरैनापुरस्थित विओपीहरुमा पुगेर पानी, ग्यालिन, स्यानीटाइजर र सावुन वितरण गर्नुभएको हो ।

वडा नम्बर १ स्थित कट्कुइँया विओपी, वडा नम्बर ४ स्थित नरैनापुरस्थित विओपी र वडा नम्बर ६ गंगापुरस्थित विओपी तथा सुइयामा पाल टाँगेर बसेका सशस्त्र तथा जनपथ प्रहरीलाई ती सामग्री हस्तान्तरण गरिएको हो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र नेपालगञ्ज ४ का वडा अध्यक्ष बेहनाले संयुक्तरुपमा ती सामग्री हस्तान्तरण गर्नुभएको हो ।

अध्यक्ष बेहनाले प्रत्येक विओपीहरुमा ८ कार्टुन पानी, ६ जार पानी, १० लिटरको १० वटा ग्यालिन, २५ गोटा साबुन र ६ वटा सेनीटाइजर प्रदान गरेको बताउनुभयो । त्यस्तै दशगजामा बसेका प्रहरीहरुलाई पनि पानी वितरण गरेको अध्यक्ष वेहनाले जानकारी दिनुभयो ।

सहयोग लिने क्रममा तीन वटै विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षकहरुले यो सहयोगले धेरै मद्दत पुग्ने बताउँदै धन्यवाद दिनुभएको थियो ।

‘सीमा सुरक्षा र भारतबाट हुन सक्ने नेपाल प्रवेशलाई रोक्न दशगजामा रातदिन खटिरहनुभएका प्रहरीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृत भएर सहयोग प्रदान गरेको हुँ,’ अध्यक्ष बेहनाले भन्नुभयो ।

उहाँले आफ्नो सानो सहयोगले पनि उहाँहरुलाई काम गर्न सहज होस् भन्ने उद्देश्य रहेको बताउनुभयो ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले आफूले पनि विओपीहरुमा छाता र टर्च लाइट सयहोग गरेको बताउँदै बेहनाले गर्नुभएको सहयोगले प्रहरीहरुलाई काम गर्न अझ सजिलो हुने विश्वास ब्यक्त गर्नुभयो ।

अध्यक्ष शाहले भन्नुभयो–‘बेहनाजीले यसरी आएर सहयोग गरेको देख्दा खुसीले मेरो आँखा नै रसायो, उहाँ जस्तै अन्य जनप्रतिनिधिले पनि यसैगरी सहयोग गरिदिए कति राम्रो हुन्थ्यो ।’ बेहनाले यसअघि पनि सशस्त्र प्रहरीलाई नै २ किलोमिटरसम्म देखिने आधुनिक टर्च लाइट २० थान सहयोग गर्नुभएको थियो । शाह र बेहनाले कट्कुइँयास्थित नेपाल भारत सीमा नाकाको पनि निरिक्षण गर्नुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »