सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरमा अब नियमित चिकीत्सा सेवा


नेपालगञ्ज,बाँकेको नरैनापुर–२ लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा अब नियमित चिकीत्सा सेवा शुुरु हुने भएको छ ।

निरन्तरको चौतर्फी वकालतसँगै सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणपछि नेपाल सरकारले एमबीबीएस डा सागर पन्तलाई खटाएको छ ।

छात्रवृत्ति करार अन्तगर्त डा पन्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाजीर भई जिम्मेवारी सम्हाल्नुु भएको हो ।

सम्वाद समूह, बाँकेले स्वास्थ्य कार्यालय, नरैनापुुर गाउँपालिका, सांसद, प्रदेश सरकार लगायतका सरोकारवालासँग दरवन्दीअनुुसारको चिकीत्सक उपलव्ध गराई स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक सम्वाद सहजीकरणको पहल गर्दै आएको थियो ।

कोरोना संक्रमणका कारण नरैनापरमा एक जनाको ज्यान गएपछि प्राथमिक स्वास्थ्य केन्द्रको विस्तारीकरण र सेवा प्रवाहको माग झनै चर्को रुपमा उठेको थियो । एक दशक लगाएर निर्माण गरिएको अत्याधुनिक भवनमा चकित्सकसँगै औषधी अभाव रहदै आएको छ ।

वर्षौदेखि चीकीत्सकको अभाव झेल्दै आएका नरैनापुरवासीले अब चीकीत्सा सेवा पाउने भएका छन् । शिक्षण अष्पताल काठमाडौंबाट अध्ययन पुरा गर्नु भएका डा पन्तले केन्द्रमा पुगेर जनप्रतिनीधी लगायतसँग आवश्यक परामर्श गर्नु भएको छ ।

सेवा प्रवाहका लागि चाहीने आधारभुत प्रविधी र सामाग्री व्यवस्थापन गर्नेतर्फ केन्द्रीत भएको नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले जानकारी दिनुभयो ।

एक हप्ता भित्र नियमित स्वास्थ्य सेवा शुरु गर्ने गरि तयारी गरिएको डा पन्तले जानकारी दिनु भयो । स्वास्थ्य केन्द्रमा चीकीत्सक ल्याउन प्रदेस सभा सदस्य एवं सम्वाद सदस्य कृष्णा केसी(नमूना)को विशेष पहल रहेको थियो । सम्वाद समूहको सहजीकरणपछि नरैनापुरमा शुरु भएको विद्यतीकरणले पनि स्वास्थ्य सेवा प्रदान गर्न थप मद्यत पु¥याउने छ ।

यसैबीच सम्वाद समूह, बाँकेले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्न सकिने स्वास्थ्य सेवा, आइसोलेशन निर्माण र सम्वाद सहजीकरणको थप आवश्यक्ता बारे पनि समिक्षात्मक सम्वाद गरेको छ ।

प्रदेश सभा सदस्य कृष्णा केसी, गाउँपालिका अध्यक्ष शाह, डा पन्तसहितका सरोकार पक्षबीच आवश्यक सम्वाद गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »