सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरमा क्वारेन्टाइनमा अभावै अभाव, सहयोगको अपील

नेपालगञ्ज , बाँकेको बिकट नरैनापुर गाउँपालिकाका क्वारेन्टाइनमा रहेकाहरुको सहज स्वास्थ्य परिक्षण, खान बस्न लगायतमा अनेकन समस्या देखीएको छ ।

भारतबाट नेपाल भित्रीएका र सम्भावित कोरोना संक्रमितकोे पहिचान र स्वास्थ्य उपचारका लागि नरैनापुर गाउँपालिकाले वडा न ४ खोदवा र वडा न ६ भोजपुरमा अस्थायी क्वारेन्टाईन स्थापना गरेका हो ।

२ वटा क्वारेन्टाइनमा हाल एक सय ७० जना रहेको नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले जानकारी दिनु भयो ।

क्वारेन्टाइनमा आवश्यक स्वास्थ्यकर्मी(जनशक्ति), स्वास्थ्य सामाग्री(थर्मल गन, पीपीई, मास्क, सेनेटाइजर) र राहत सामाग्री लगायतको समस्या रहेको छ ।

स्थानीय तहबीचको आवागमन समेत रोकीएपछि नेपालगञ्जबाट उपलव्ध हुँदै आएको सामाग्रीको झन समस्या देखीदै गएको छ ।

स्वास्थ्य सामाग्री र राहतको समस्या त छदैथियो, गाउँमा नयाँ मान्छेहरु पनि आउन थालेको गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले बताउनु भयो । भारत र नेपालमा लक डाउन गरिएपनि लुकी छीपी भित्रीने क्रम नरोकीएपछि त्यहाँ थप सन्त्रास छाएको छ ।

कोरानो विरुद्ध थालीएको प्रयास बारे सम्वाद समूह बाँकेका तर्फबाट चासो राखीएपछि अध्यक्ष शाहले अनेकन समस्याहरु सार्वजनिक गर्नु भएको हो ।

सो क्षेत्रमा मास्क, हेण्डवाश र साबुन समेतको अभाव बढदै गएपछि सो को ब्यवस्था गरिदिन पनि उहाँले अपील गर्नु भयो ।

मच्छर बढेसँगै क्वारेन्टाइनमा झुलको समेत आवश्यक्ता छ तर पैंसा छैन –उहाँले सबैमा सहयोगको अपील गर्नु भयो– जसले जे सक्छ, त्यही सहयोग गर्नुस् ।

भर्खरै

सम्बन्धित खबर

Language »