सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुरमा बन्ने ७ करोडको गौशालाको डिपिआर गाउँपालिकालाई हस्तान्तरण

नरैनापुर,बाँकेको नरैनापुर गाउँपालिकामा गौशाला निर्माणको प्रक्रिया सुरु भएको छ ।

गाउँपालिकाको वडा नम्बर ५ मोतिपुरमा ७ करोडको लागतमा बन्ने गौशालाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० सहितको प्रस्तावना जिल्ला समन्वय समिति बाँकेले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव र जिल्ला समन्वय अधिकारी विरेन्द्रदेव भारतीले गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई मंगलबार प्रस्तावना हस्तान्तरण गर्नुभएको हो ।

योसंगै नरैनापुर गाउँपालिकाले अब गौशाला निर्माणको काम अघि बढाउनेछ । छिट्टै टेण्डर आह्वान गरेर गौशाला निर्माण थालिने गाउँपालिकाका अध्यक्ष शाहले वताउनुभयो ।

२० बिगाहा क्षेत्रफलमा यो गौशाला बनेसंगै जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन गर्न निकै सहज हुनेछ ।

जिल्लामा छाडा पशुचौपाया गम्भीर समस्याका रुपमा देखिएपछि जिल्ला समन्वय समितिले गौशाला निर्माणका लागि ७ करोड रुपैयाँ छुट्टाएको जिल्ला समन्वय समिति सदस्य चेत बहादुर घर्तीले वताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »