सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नरैनापुर र राप्तीसोनारीको क्वारेन्टइनका लागि आवशीय सामाग्री सहयोग

प्रहलाद विश्वकर्मा
नेपालगंज ,
कारोना भाइरसको संकास्पद व्यक्तिका लागि गाउँपालिका स्तरमा स्थापना भएको क्वारेन्टइनका लागि आवश्यक पर्ने आवसीय सामाग्री नेपाल रेडक्रस सोसाइटी बाँकेले सहयोग गरेको छ ।

नरैनापुर गाउँपालिका वडा नं ४ अन्तर्गत ने रा प्रा वि खोदावामा १० बेडको क्वारेन्टइन ९आइसोलेसन० स्थापना भएको छ ।

उक्त क्वारेन्टइनका लागि कम्बल १० थान, म्याट पीफाम १० थान, वाल्टी र जग २÷२ थान, सावुन र झुल १० थान नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखा मार्फत नरैनापुर गा पा

का स्वास्थ्य संयोजक मो।मोइन खाँलाई हस्तान्त्ररण गरिएको छ ।

यसैगरी राप्तीसोनारी गाउँपालिका अन्तर्गत वडा नं ७ को ने रा मा वि सर्रीमा ८ वेड को क्वारेन्टइन स्थापना भएको छ ।

उक्त आइसोलेसनका लागि रेडक्रसबाट त्रिपाल २ थान, कम्बल ८, पीफाम ८, झुल ८, साबुन २, वाल्टी र जग २÷२ थान नेरेसो गंगापुर उपशाखा मार्फत वडा सदस्य इलाही गद्दीलाई हस्तान्त्ररण गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »