सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नवसत्ता स्थापनाको लागि शसक्त आन्दोलन गरिनेछ :हरिकृष्ण बानिया

( अध्यक्ष, देशभक्त युवा समाज )

काठ्माण्डौ को शहरिया वातावरण मा जन्मिएर हुर्किएर पनि क्रान्तिकारी धार समातेका एक शसक्त आवाज हरिकृष्ण बानिया संग सारा खबर का प्रतिनिधि ले गरेको कुराकानि को पुर्ण पाठ

तपाईको परिचय छोटकरीमा बताईदिनोस न ?

मेरो नाम हरिकृष्ण बानिया हो । मेरो जन्म २०३५ जेठ १८ गतेका दिन बुबा हनुमानदास बानिया र स्व. सितामायको कोखबाट काठमाडौं महानगरपालिका १६ काठमाडौंमा भएको हो । मेरो स्वभाव सुरुदेखि नै मिलनसार खालको थियो । म सशक्त राजनीतिक जागरण अभियानमा ०५८ सालदेखि निरन्तर लागिरहेको छु । क्रान्तिकारी छवि थियो, त्यसैले माओवादी आन्दोलनमा होमिए । गोरेबहादुर श्रेष्ठ(काठमाडौं), भरत ढुंगाना (नुवाकोट) लगायतबाट प्रभावित र प्रेरणाबाट शोशित शासकहरुको विरुद्ध तत्कालिन नेकपा माओवादीमा लागें । जब माओवादीहरु शान्ति प्रक्रियामा आए, जनताको एजेन्डा बिर्सिएको, क्रान्ति भुलेको र शहिदको सपना भुलेकाले मैले माओवादी छाडे र देशभक्त समाज पार्टीमा आबद्ध भई आजसम्म काम गरिहेका छौं ।

देशभक्त समाज पार्टीलाई नै किन रोज्नुभयो ?

उद्देश्य, सिद्धान्त, विचारबाट प्रष्ट रहेको छ । त्यसरी देशभक्त समाज पार्टीको जनवर्गीय संगठन देशभक्त युवा समाजको संस्थापक अध्यक्ष भएर काम गरिहेको छु । देशभरी संगठन र सम्पर्क गठन गरिरहेका छौं । अब पार्टीले आन्दोलनको घोषणा गर्ने बित्तिकै हाम्रो युवा संगठन पनि सशक्त रुपमा प्रस्तुत हुन्छौं । मुख्यतः देशलाई बचाउनको लागी यस पार्टीले राष्ट्रियताको सवालमा जुन अवधारणा बनाएको छ जुन अविस्मरणिय छ ।

देशभक्त समाज पार्टीको अवधारणा के हो ?

पहिलो त हाम्रो पार्टी प्रजातान्त्रिक पार्टी हो । प्रजातन्त्र नै सर्वमान्य भईसकेको छ, मैले भनिराख्नु पर्दैन । सर्वोदय समाज, सर्वोपरी राष्ट्रियता र समाजपरक उदारवाद हाम्रो सिद्धान्त र आर्थिक निती रहेको छ । अर्को हामी वैदिक सनातन हिन्दु राष्ट्र चाहन्छौं । हामी पार्टी सिस्टमकै पक्षमा रहन्छौं । यसरी नवसत्ता निर्माण गरी समृद्ध राष्ट्र बनाउने हाम्रो अठोट हो । र नवसत्ता निर्माणको लागि आन्दोलनको तयारी गरिहेका छौं । सर्वोदय समाज भन्नले सम्पूर्ण जातजाति, भाषा, धर्म,संस्कुति तथा राजनीतिक आर्थिक, समाजिकरुपमा सबैको उदय हुनु नै सर्वोदय समाज हो । सर्वोदय समाजको गठन विना राष्ट्रमा सबैको सामाजिक राजनीतिक, आर्थिक पहुँच हुन सक्दैन । सर्वोपरी राष्ट्रियता भन्नाले मुख्यतः सिमा, नागरिकता, परम्परगत मुल्यमान्यताहरुलाई जोगाउने र विदेशी प्रभाव अन्त्य गर्ने हो । हाम्रो समाजपरक उदारवाद, गास, वास कपास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक न्याय निशुल्क रुपमा राज्यले दिनुपर्दछ भन्ने पार्टीको स्पष्ट धारणा रहेको छ । स्पष्ट रुपमा भन्नु पर्दा राणा शासनदेखि आजसम्म एउटै प्रवृत्ति वा पुरानो सत्ता जुन सरुवा रोग रहेको छ, त्यसलाई ढाल्न चाहन्छौं ।

अझ स्पष्ट रुपमा भन्दिनुस न नवसत्ताले के गर्छ ?

पहिलो त सर्वोपरी राष्ट्रियता हुन्छ । समाजपरक उदारवाद (आर्थिक नीति) हुन्छ । त्यसपछि सर्वोदय समाज गठन हुन्छ । त्यसैगरी राष्ट्र, देशको राष्ट्रियता र आम शोशित पीडित जनता, पिछडिएको क्षेत्र र हिमाल पहाड तराई समान रुपले काम गरिनेछ । अर्काे नेपाली समाजमा परम्परादेखि स्थापित भइसकेको मुल्य मान्यतामा आधारित वैदिक सनातन जुन यलम्बर, लिच्छबि र जनक, बुद्धदेखि चल्दै आएको छ । त्यसलाई आँच नपुग्ने गरी पूर्वीय दर्शनको विकास गर्ने र नेपाल विश्वकै पुरानो स्वाधिन राष्ट्रको स्वाभिमान कायम राख्ने गरी काम गरिनेछ ।

अहिलेको सरकार सफल कि असफल ?

केही समय अगाडी नेकपा भित्रको, झगडा पद, पैसा र सत्ता, आ आफ्नो गुठलाई बलियो बनाउने र मिलिजुली खाने खेल मात्र थियो हो, अहिले मिले जस्तो देखिएको मात्र हो । यो फेरि बल्झन्छ । कोरोनाको जुन कुरा गर्नु भयो सरकारको नियत नै खाली पैसा माग्ने देखियो । मेडिकल माफियाहरुको नियत पनि त्यही हो । यसरी प्रतिफल सुसुप्न छ । शासकहरुको ठुलो असक्षमता देखियो । सरकार यस्तो अवस्थामा पनि भ्रष्टाचारमा चुर्लुम्म डुबिरहेको छ । कोरोनाले विश्वको मात्र नभएर नेपालमा झन ठुलो आर्थिक मन्दी हुने देखिन्छ । जनतालाई एकजुट गर्ने अभियानमा हामी लागेका छौं ।

देशको राजनीतिक अवस्था कस्तो छ ?

एउटा कविता पढेको थिएं, युवाहरुले मर्नु र मार्नु सिवाय केही छैन हाम्रो अरु, बिउझेको युगले खेद्नु छ यहाँ सारा लुटेराहरु । नेपालको ऐतिहासिकता केहो के यिनीहरुले बुझेका छन् ? शाह वंशीय राजा पृथ्वीनारायण शाहले बाईसे चौविसे राज्यलाई एकिकरण गर्दै अखण्ड नेपाल बनाए । निरंकुश राणा शासनदेखि लिएर राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्था र यसलाई ढालेर संवैधानिक राजसंस्थाको व्यवस्था हुदै २०६२, ०६३ को जनआन्दोलनसम्म आईपुग्दा विभिन्न आरोहअवरोह पार गर्दै २०६४ सालको पहिलो संविधान सभाको पहिलो बैठकले राजसंस्थालाई निलम्बन ग¥यो । देशमा हाल संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र हुंदैं नयाँ संविधान समेत आएको बताईएको छ । तर व्यवस्था परिवर्तन बाहेक नेपाली जनताको दिनचर्यमा कुनै परिवर्तन आएको छैन । बरु देश नै नरहने अवस्था पु¥याएका छन् । देशमा कम्युनिष्ट सरकार रहेको छ, तर देश र जनताका लागि केही गरेन । देशमा विदेशी हस्तक्षेप बढ्दै जाँदा आज देश कुन अवस्थामा पुगेको छ, हामी सबैले देखेकै छौं । ३० वर्षे पञ्चायत शासन ढलेर २०४६ सालमा देशमा बहुदल आयो । राजाको अधिकारलाई कटौती गर्दै संवैधानिक राजाका रुपमा रहे । त्यसरी दलीय व्यवस्थालाई स्थापित गरियो । २०५८ सालमा दरबार हत्याकाण्ड भयो । तत्कालिन अवस्थामा ज्ञानेन्द्र राजा भए । त्यसरी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरक्षता र दुई दुई पटकसम्म संविधानसभाको निर्वाचन भई नयाँ संविधान आयो । लगतै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानिय तह सहितको तीन तहको निर्वाचन भई अहिले दुई तिहाईको वाम सरकार चलिरहेको छ । दुई तिहाईको सरकारले केही गर्न नसक्नु, प्रमुख प्रतिपक्षी दल जनताप्रति जिम्वेवारी बहन गर्न नसक्नु विडम्वना बनेको छ ।

भनेपछि देशमा वेतिथि नै वेतिथि छ भन्न खोज्नु भएको हो ?

तपाईको प्रश्नले फेरी अर्को कविताको याद आयो, नेपाल र नेपालीको स्वाभिमान संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि कमजोर देखियो । वैदेशिक निती पुरै असफल भएको छ । भ्रष्टाचार, कालाबजारी, दलाली, अन्याय, अत्यचार, बलात्कार, मुल्यवृद्धि, करवृद्धि, बेराजगारी, विभेद र वेतिथि बाहेक जनताले केही पाएनन् । र देश पुरै परनिर्भर भएको छ । देशको उत्पादनमा ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो । अहिले आफुलाई ठुलो दल बताउनेहरुले आफ्ना सिद्धान्त, उद्देश्य र विचार छाडिसके । आज दलको नेताहरु व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथी उठ्न सकेका छैनन् । देश र जनताको पक्षमा सोच्ने यी नेताहरुमा फुर्सद छैन । त्यसैले आफुले आफैलाई ठुलो दलहरु असफल भईसके ।

दलका नेताहरु बोल्ने काम मात्र गर्छन् होईन त ?

नेपालमा पटकपटक राजनीतिक परिवर्तन भए, पटक पटक संविधान बने । यी राजनीतिक दलहरुले के कस्ता आस्वाशन र भाषण दिए, आज जनताका लागी के गरे त ? प्रजातन्त्रको अनुभुती दिन सकेनन्, आफै लोकतन्त्र विपरित अघि बढेका छन् । त्यसैले यसको विकल्पमा ईतिहासले निरुपति गरेको देशभक्तिको सापेक्षता र जनताले चाहेको परिवर्तनको छिनोफानो गर्न देशभक्त समाज अगाडी आएको छ । हामीले सबै जिल्लामा संगठन निर्माण गर्नुको साथै देशभरी सम्पर्क बनाईसकेका छौं । देशमा संविधान सभाले संविधान त ल्यायो । तर प्रमुख राजनीतिक दलहरुमा व्यक्तिवाद र यथास्थितिवादी चिन्तन हावी भई आदिवासी जनजाती, महिला, दलित, तराई मधेस, मुस्लिम, अल्पसंख्यक, उत्पीडित क्षेत्र, भाषाभाषी, लिङग, क्षेत्र, जनताको चाहनालाई ईन्कार गर्नु, षडयन्त्रमूलक ढंगले देशभक्ति र स्वाभिमानलाई भुलेर आफ्नो स्वार्थ अनुकुलको संघीयताको संरचना बनाए । तसर्थ, हिमाल, पहाड, तराई मधेश काही छैन पराई भन्ने भाव राखी सबै पक्षलाई समेट्दै गास, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, शान्ति सुरक्षा, राष्ट्रियता, लोकतन्त्र, आर्थिक समृद्धि र सामाजिक न्याय सहितको समतामुलक समाज स्थापनाको लागि निरन्तर संघर्ष गर्ने छौं ।

यस्तो अवस्थामा देशभक्त समाज पार्टी के गर्दैछ त ?

यो देशको एकता र ऐतिहासिकता झल्काउन वा बनाउन मातृभुमीको संरक्षरको संकल्प गर्न चाहन्छौ र आह्वान गर्दछौंं । मुलुकलाई सबैको साझा राष्ट्र बन्ने गरी शोषक र शासित नभएको समाज र जिवन पद्धति दिन र हेर्न चाहन्छौं । नयाँ संविधानले भने जस्तो समाजवाद मुखले भनेर मात्र हुदैन, हामी व्यवहारले गरेर देखाउन चाहन्छौ । जनता परिवर्तनका संवाहक हुन् । तर परिवर्तनको लेखाजाखा ईतिहासबाट हुनुपर्छ । संसारकोे इतिहास साक्षी छ, शान्ति, राजनीतिक स्थायित्व र सुशासन विना देश अगाडी बढ्न सक्दैन । त्यसैले सबै देशभक्त दिदी बहिनी, दाजुभाइ, बुबा आमाहरुमा यस अभियानलाई साथ दिन विनम्र अनुरोध गर्दछौं । हाम्रो अभियान भ्रष्टाचार विरुद्धको अलावा बिखन्डन, बलात्कार, गृहयुद्ध र वैदेशिक हस्तक्षेपबाट मुक्ति पाउनै पर्छ भन्ने हो । लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले आफ्नो देशको नक्सामा समेटिनु यि तथाकथित राजनीतिक दलहरुमा राष्ट्रियता नभएर हो । यति धेरै संघर्ष गरेर आएका भनिएका नेताहरु देश र जनतालाई निकास दिनुपर्ने बेलामा उहाँहरु निरन्तर चुक्नु भयो, यो बिडम्बना हो । ढिलोचाडो हामी नवसत्ताको आन्दोलन गछौं ।

भर्खरै

सम्बन्धित खबर

Language »