सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नव गायक कविन्द्र माेक्तानकाे “तिम्रै हुन पाउँ” प्रेम गीत रेकर्डिङ

काठमाडौँ । युवा विद्यार्थी तथा नव गायक अनि शब्द रचनाकार कविन्द्र मोक्तानको “तिम्रै हुन पाउँ” प्रेम गीत बैशाख १४ गते मंगलबार पारिजात स्टुडियोमा रेकर्ड गरिएको छ ।

नेपाली बजारको गीत संगीत क्षेत्रमा प्रेम गीतको लहर चलिरहेका छन् । “तिम्रै हुन पाउँ” नव गायक कविन्द्र मोक्तानको आवाजमा रेकर्ड भएको गीत हो । गायिका एलिना चौहानसँग रेकर्ड गरिएको यो गीत प्रेम जोडीका लागि उपाहार स्वरुप बजारमा ल्याउन लागिएको नव गायक मोक्तानले सारा खबरको प्रतिनिधिलाई जानकारी दिएको छ ।

एरेन्जर, रेकर्डिङ कार्सङ लामाको रहेको यो गीतको म्युजिक भिडियोको छायाङ्कन चाडै हुने बताएको छ तर कोरोनाको कारण नेपालमा लकडाउन घोषणा भैइसकेको हुनाले कहिले देखि छायाङ्कन गर्नेबारेमा अन्योल रहेको नव गायक मोक्तानले बताए ।

नव गायक मोक्तान नेपाली कांग्रेस काभ्रे जिल्ला ठुलो पर्सेल वडा नं. ६ को युवा विद्यार्थी नेता हो । नेपाली कांग्रेसको हुन लागेको गाउँ अधिवेशनमा वडाको सभापतिको धाबि गरिरहेका मोक्तानले लकडाउनको सदुपयोग गर्नका लागि गीत रेकर्डिङ गरेको छोटो संवादकोे क्रममा बताए ।

“तिम्रै हुन पाउँ” गीत साँच्चिकै मिठास पुर्ण रहेको छ । नव जोडीहरु या युगल जोडीको मन छ्ने शब्द र आवाजमा रेकर्ड भएको प्रेम गीत सबैले मन पराउने छन् । सफलताको शुभकामना नव गायक कविन्द्र मोक्तानलाई ।

भर्खरै

सम्बन्धित खबर

Language »