सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नाइजेरियामा ११० किसानकाे भिवत्स हत्या

नाइजेरिया। नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामिण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् ।

संयुक्त राष्ट्रसंघलाई हवाला दिँदै अलजजीरा, एपी, बीबीसी लगायत अन्तर्राष्ट्रिय मिडियाले यसबारे समाचार बनाएका छन् । प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३ किसान मारिएको समाचार थियो । पछि अन्य ग्रामिण भेगमा मारिएका ७० गरी जम्मा ११० किसान मारिएको समाचार अन्तर्राष्ट्रिय मिडियाले बनाएका हुन् ।

शनिबार दिउँसोका ती हमला बोको हरामले गरेको बताइएको छ । नाइजेरियाका ग्रामिण इलाकामा सशस्त्र समूह बोको हराम सक्रिय रहँदैआएको छ । नाइजेरियास्थित संयुक्त राष्ट्रसंघीय मानवीय संयोजक संस्थाले जनाए अनुसार सुरुमा मोटरसाइकलमा आएका मानिसले खेतमा काम गरिरहेका किसानलाई लक्षित गरी हमला गरेका थिए ।

‘आक्रमणबाट कम्तिमा ११० आम नागरिक मारिएका छन् र अरु धेरै घाइते छन्,’ संयुक्त राष्ट्रसंघले विज्ञप्तिमा जनाएको छ । साथै केही महिलाको अपहरण भएको पनि आशंका गरिएको स्थानीयले बताए ।

बोको हराम र इस्लामिक इस्टेट जस्ता समूह यस क्षेत्रमा पछिल्ला केही वर्षदेखि सक्रिय रहँदैआएका छन् । पछिल्लो दशकमा मात्रै ३० हजार मानिस यसै इलाकामा मारिएका छन् । साथै थुप्रै मानिस छिमेकी नाइजर, चाड र केमरुन लगायत देशमा विस्थापित भएका छन् । नाइजेरियन राष्ट्रपति मुहमदु बुहारीले भने यस घटनापछि सुरक्षा संकटलाई समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »